PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तपाईँले चुनेकाहरुबीच हुँदैछ अर्को चुनाव, यस्तो हुनेछ मतपत्र, आयोगले स्वीकृत गर्‍यो निर्देशिका



तपाईँले चुनेकाहरुबीच हुँदैछ अर्को चुनाव, यस्तो हुनेछ मतपत्र, आयोगले स्वीकृत गर्‍यो निर्देशिका

काठमाडौँ : स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी छ। परिणाम धमाधम आइरहेका छन्। 

हालको चुनावले वडामा अध्यक्ष र चार सदस्य चुनिएका छन् भने नगरपालिका र गाउँपालिकामा प्रमुख वा अध्यक्ष र उपप्रमुख वा उपाध्यक्ष गरी दुई जना चुनिएका छन्। 

नगरपालिकाका वा गाउँपालिकाका प्रमुख स्थानीय तहको प्रधानमन्त्री सरह हुन्छन्। यिनको अध्यक्षतामा गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको गठन हुन्छ। त्यसैगरी यिनकै अध्यक्षतामा गाउँ सभा र नगर सभाको पनि गठन हुन्छ। कार्यपालिका र सभाका उपाध्यक्ष पनि तपाईँले नै चुनेकाहरु हुने हुन्।

गाउँ कार्यपालिका र गाउँ सभा तथा नगर कार्यपालिका र नगर सभाका सदस्यहरु चुन्न  निर्वाचन हुन बाँकी छ। तर यो निर्वाचनका लागि तपाईँले हैन, तपाईँले चुनेका प्रतिनिधिहरुले मतदान गर्छन्।  

गाउँ कार्यपालिका वा नगर कार्यपालिका र गाउँ सभा तथा नगर सभामा उपाध्यक्ष र हरेक वडाबाट निर्वाचित अध्यक्षहरु सदस्य हुन्छन्। 

गाउँ कार्यपालिकामा थप चार महिला सदस्य र दलित वा अल्पसंख्यक  समुदायबाट दुई सदस्य गरी ६ जना सदस्य थप हुन्छन्। नगर कार्यपालिकामा पाँच महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट तीन सदस्य गरी ८ जना सदस्य थप हुन्छन्। 

यसका लागि गाउँ/नगर सभाका सदस्यहरुले मतदान गर्छन्।  अर्थात् तपाईँले चुनेका वडाअध्यक्ष र सदस्यहरुले यसमा मतदान गर्छन्। 

निर्वाचन आयोगले जेठ २ गते यो निर्वाचनका लागि निर्देशिका स्वीकृत गरेको छ। सबैभन्दा पहिला नगर सभा र गाउँ सभाको निर्वाचन हुन्छ। त्यसको १५ दिनपछि नगर कार्यपालिका र गाउँ कार्यपालिकाको निर्वाचन हुन्छ र चुनिन्छन्-

क) गाउँ कार्यपालिकाको महिला सदस्य पदमा सबैभन्दा बढी मत प्राप्त गर्ने
चारजना,
(ख) नगर कार्यपालिकाको महिला सदस्य पदमा सबैभन्दा बढी मत प्राप्त गर्ने
पाँचजना,
(ग) गाउँ कार्यपालिकाको दलित वा अल्पसङ्ख्यक सदस्य पदमा सबैभन्दा बढी
मत प्राप्त गर्ने दुईजना,
(घ) नगर कार्यपालिकाको दलित वा अल्पसङ्ख्यक सदस्य पदमा सबैभन्दा बढी
मत प्राप्त गर्ने तीनजना ।

यस्तो हुनेछ मतपत्रहरु (मतपत्र लामो भए पनि यो नमूनामा सुरुका केही चिह्न मात्र राखिएका हुन्)






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell