PahiloPost

May 25, 2018 | ११ जेठ २०७५

नायिका विपना थापाकी बहिनी उपमेयरमा पराजित


नायिका विपना थापाकी बहिनी उपमेयरमा पराजित
काठमाडौँ : बहिनी बासना थापालाई जिताउन प्रचार प्रसारका लागि भारतको मथुराबाट आए पनि दिदी विपना थापाले खुसीको खबर भने सुन्न पाइनन्। 

दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा उठेकी बासना थापा एमाले उम्मेदवार सावित्री मल्लभन्दा ६ सय मतले पछि परी पराजित भइन्। 
 

बहिनीलाई जिताउन नायिका विपना कांग्रेसको घरदैलो कार्यक्रममा सहभागी भएकी थिइन्। विपनाका हजुरबुवा नरबहादुर थापा २०१५ को आमनिर्वाचनमा कांग्रेसबाट काठमाडौंका सांसद थिए भने बा ओमविक्रम थापा पञ्चायतकालमा पटकपटक प्रधानपञ्च भएका थिए।

विपनाकी फुपू कल्याणी खड्का पनि काठमाडौँको नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको उपमेयरमा उठेकी छिन्। त्यहाँ पनि उनी एमाले उम्मेदवारभन्दा पछि रहेकी छिन् तर मतगणना जारी छ।  



नायिका विपना थापाकी बहिनी उपमेयरमा पराजित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट