PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रेणुले जित्यो भने आत्महत्या गर्छु भनेको छैन : रवि लामिछाने



पहिलोपोस्ट

रेणुले जित्यो भने आत्महत्या गर्छु भनेको छैन : रवि लामिछाने

काठमाडौँ : फेसबुकमा मंगलबार बिहानैदेखि एउटा पोस्ट भाइरल भयो। फेसबुक पोस्टमा भनिएको छ – 'चितवनको भरतपुरमा रेणु दाहालले जिते म टेलिभिजन स्टुडियोमै आत्महत्या गर्छु।'

लामिछानेले सोमबार बेलुका न्युज २४ टेलिभिजनमा 'एक्जिट पोल' कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा लामिछानेले आफ्ना सहायक प्रस्तोतासँग भरतपुरको सम्भावित मतपरिणाम र गठबन्धनबारे बहस गरेका थिए। उनले निर्वाचनमा सँधै प्रतिपक्षीलाई आरोप लगाउने सुविधा हुने बताएका थिए। 

तर मंगलबार बिहानबाटै भने उनले आत्महत्या गर्छु भनेको भन्ने पोस्ट भाइरल भयो। लामिछानेको धारणा भनिएको विषयलाई लिएर माओवादी केन्द्रका समर्थक उनी विरुद्ध खनिए। 

माओवादी केन्द्र काठमाडौँ लेखिएको फेसबुक प्रोफाइलमा रविले राखेको भनेको धारणाबारे नोट गरिएको जनायो।

माओवादी केन्द्र भिर्कोट नामको फेसबुक अकाउन्टले चितवन भरतपुरको मतपरिणाम दावी गर्दै रेणुको अग्रतासहितको नम्बर राख्दै रविको आत्महत्याको उद्घोष सम्झन भन्यो। 

माओवादी केन्द्र खैरहनी चितवन फेसबुक पेजले 'फलानोले जित्यो भने आत्महत्या गर्छु भन्नुले उनको (रवि लामिछाने) गुणस्तर बयान गर्छ भनेर लेखेको छ। उक्त पोस्ट समेत सेयर भएका छन्। 


तर पत्रकार लामिछानेले भने आफूले त्यसो नभएको पहिलोपोस्टसित बताए।

'हावादारी कुरा हो, केही भनेकै छैन, लाइभमा त्यस्तो कसले भन्छ र?', उनले उल्टो प्रश्न गरे। 

लामिछानेले भने – 'छैन, छैन। मैले आफूले केही भनेको छैन।'

उनले आफ्नो धारणाबारे टेलिभिजन कार्यक्रमबाटै स्पष्ट गर्ने समेत बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell