PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कछुवा गतीको मतगणनामाथी यस्तो व्यङ्ग्य



पहिलोपोस्ट

कछुवा गतीको मतगणनामाथी यस्तो व्यङ्ग्य

काठमाडौं: ३४ जिल्लामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना ललितपूरमा आइतबारबाटै सुरु भयो। तर काठमाडौंमा भने दलहरुको सहमतीपछि सोमबारबाट मात्र मतगणना सुरु भयो।

अन्य दुई महानगर पोखरा र भरतपूरमा पनि मतगणना सुरु हुँदैछ। तर सामाजिक सञ्जाल प्रयोगकर्ता भने मत नतिजाको तिब्र प्रतिक्षामा छन्। निर्वाचन आयोगले १ सय २९ स्थानीय तहमा मतगणना जारी रहेको जनाएको छ। 

तर मतगणना भँइरहाँदा हजारौँ मत खसेको ठाउँमा समेत दुई सय देखि तीन सयसम्मको मत मात्र गणना हुँदा सामाजिक सञ्जाल प्रयोग कर्ताले व्यङ्ग गरेका छन्। ललितपुरमा आइतबार रातीबाट मत गणना सुरु भएपनि सोमबार बिहान ११ बजेसम्म केवल ७ सय मात्र मत गणना भयो। १ लाख भन्दा धेरै मतगणना गर्नुपर्ने अवस्थामा कछुवा गतिमा मत गणना भएकोमा व्यङ्ग तीव्र भएको छ। 

जसका कारण मत गणना ढिला भएको भन्दै उनीहरुले व्यङ्ग्यात्मक पोस्टहरु गरिरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell