PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'मौन अवधि'मा यसरी मौन रहे सामाजिक संजाल प्रयोगकर्ता



पहिलोपोस्ट

'मौन अवधि'मा यसरी मौन रहे सामाजिक संजाल प्रयोगकर्ता

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सुरु हुनु अघिको ४८ घण्टालाई 'मौन अवधि' घोषणा गर्‍यो। तोकिएको समयमा कुनै पनि पार्टी वा व्यक्ति विशेषले चुनावी प्रचार प्रसार गर्न र भोट माग्न नहुने उल्लेख गरएको थियो। यही विषयलाई नेपाली सामाजिक संजाल प्रयोगकर्ताले भने रमाइलोको विषय बनाए। र, व्यङ्ग्यात्मक रुपमा विभिन्न चुनावी चिन्ह प्रयोग गरे।

कलाकार एवं आम जनताले मौन अवधिबारे विभिन्न टिकाटिप्पणी, व्यङ्यात्मक स्टाटस र ट्विटहरु पोस्ट गरे। हास्य कलाकार दीपकराज गिरीले पनि शनिबार बिहान आफ्नो फोटो सार्वजनिक गर्दै फेसबुकमार्फत् मौन अवधि बारे लेखे, 'मौन समय। पोहोर परार हालेको भोटले भतभत पोल्यो, यो पालि धेरै सोच्नु पर्‍यो भन्दै ध्यान दृष्टि।'



दीपकराज गिरी सामाजिक संजालमा सक्रिय कलाकारमध्ये एक हुन्। उनले प्रायः समसामयिक विषयमाथि फेसबुकमा आफ्नो धारणा व्यक्त गर्छन्।

दीपकराज गिरी जस्तै अन्यले के लेखे त मौन अवधिबारे? हेर्नुस् सम्बन्धित पोस्टहरु:
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell