PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पोखराको लेखनाथमा बम बिस्फोट, भरतपुरमा प्रेसरकुकर बम सेनाद्धारा निश्क्रिय



पहिलोपोस्ट

पोखराको लेखनाथमा बम बिस्फोट, भरतपुरमा प्रेसरकुकर बम सेनाद्धारा निश्क्रिय

पोखरा : पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट गराइएको छ। 

केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने त्रसित बताएको छ। 

निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ। बम विस्फोट गराइएको विद्यालयमा वडा नं ६ को मतदान केन्द्र राखिएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्नको खोजतलास गरिरहेको जनाएको छ। 

यस्तै, चितवन भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्र्पक कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान डिस्पोज गरेको छ। 

भरतपुर महानगरपालिका–९ सरदपुरमा रहेको सो कार्यालयको आडमा शंकास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बम डिस्पोज गर्नुअघि सो क्षेत्रको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। 

सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेसँगै अहिले त्यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। 

निर्वाचनको समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell