PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यी हुन् काठमाडौँका सात मेयर उम्मेदवार : यस्ता छन् उनीहरुको योजना



यी हुन् काठमाडौँका सात मेयर उम्मेदवार : यस्ता छन् उनीहरुको योजना

काठमाडौँ : वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा राजधानीको काठमाडौँ महानगरपालिकाको नेतृत्वका लागि दुई दर्जनभन्दा बढी उम्मेदवार मैदानमा छन्। पहिलोपोस्टले निर्वाचन आयोगले लागू गर्ने मौन अवधिअघि ती मध्ये सात जनाको प्रोफाइल तयार पारेको छ। 

हेर्नुस् मेयर आकांक्षीको विगत र वर्तमान, उनीहरुका भावी योजना। 

१) कांग्रेसका राजुराज जोशी : कम्युनिस्ट किल्लामा राजुराजको सत्ता सपना


सैद्धान्तिक आधार र मान्यताका विषय गौण भएको नेपालको राजनीतिमा 'त्याग' शब्द सधैं संकटमा पर्नेगर्छ। लोपोन्मुख यो शब्द कसैसँग मिल्छ भने त्यो – राजुराज जोशीसँग। संगत आखिर लौहपुरुष गणेशमान सिंहसँगको न रह्यो। त्यसैले अरुले झै पद वा प्रतिष्ठामा यिनले राजनीतिको लिलामी गरेनन् वा त्यो अवसरबाट टाढै रहे। यतिखेर भने उनी पहिलोपटक काठमाडौं महानगरपालिकाको सिंहासनका लागि उत्रिएका छन् जहाँ कम्युनिस्टहरु सधैं बलियो छन्। विस्तृत जानकारी

२) एमालेका विद्यासुन्दर शाक्य : पहिले टिकटको टेन्सन अहिले जितको  


२०२० जेठमा लगनमा जन्मिएका उनको ठूलो सपना छैन। काठमाडौं न सिंगापुर न अमेरिका। काठमाडौं नै बनाउने उनको चाहना– त्यो काठमाडौं जहाँ सुन्दरता, शान्ति र हराभरा होस्। उनले त्यस्तै सुनाए। विस्तृत जानकारी

३) 'सर्वोत्तम' जसलाई पार्टीले झण्डै 'शहीद' बनाउन खोज्यो, तर भएनन्

उम्मेदवारी दर्ता गरेर काठमाडौं महानगरको मेयर बन्ने उनको सपनामाथि सुरुमै निषेधको राजनीति हुन लागेको थियो। चुनाव जित्ने हिम्मत नभएपछि राजनीतिक दलहरुबीच सुरु भएको अराजनीतिक गठबन्धनको सिकार हुन लागेका थिए उनी। र, पटक-पटक निर्वाचनमा असफल भएका सर्बोत्तम यसपाला प्रतिस्पर्धी बन्नै नसक्ने पो हो कि भन्ने अवस्थामासमेत पुगे। विस्तृत जानकारी

४) वडा अध्यक्षको अनुभवबाट मेयरका लागि खुलेको बाटो : पवित्र बज्राचार्य 


पवित्र बज्राचार्य २०५४ सालमा एमालेका तर्फबाट महानगरको बडा अध्यक्ष थिए। संयोग उनीजस्तै वडा अध्यक्ष रहेर विकास साझेदार बनेका एमालेका विद्यासुन्दर शाक्यसँग प्रतिस्पर्धमा उत्रिएका छन् उनी यसपाला। स्थानीयबीच घुलमिल भइरहने र भलाद्मीमपनका कारण यिनी लोकप्रिय पनि छन्। कोर काठमाडौंका उम्मेदवार र नेवार समुदायका विभिन्न संगठनमा पनि उत्तिकै सक्रिय। विस्तृत जानकारी


५) मेयरकी कान्छी उम्मेदवार रन्जु दर्शना


रन्जुले काठमाडौंलार्इ आफ्नै कालमा सुन्दरमाडौं बनाउने सपना बोकिरहेकी छिन्। ‘हामी युवाले नगरे कल्ले गर्ने? देश अब हाम्रो जिम्मामा छ।’ उनको आवाज माथी उठ्छ, आँखा चम्किन्छन्।  विस्तृत जानकारी


६) साझा पार्टीका किशोर थापा : पूर्व सचिवको राजनीतिक डेब्यू, एसएलसी बोर्ड टपरको के होला हाल?


राजनीतिक दलहरुबीच नै सिन्डिकेट सुरु भएको अहिलेको यसपटकको स्थानीय तहको निर्वाचनमा केही फरक छ भने त्यो हो किशोर थापाजस्ता उम्मेदवारी। दक्ष, सक्षम र सफल। बलियो संगठनविना यी तीन तत्वले मुलुकको पुरानो महानगरमा कति अर्थ राख्छ निर्वाचनले देखाउने छ। विस्तृत जानकारी


७) बिसुराल : रिङमा अरुलाई पछार्छन् तर चुनावी मैदानमा अरुबाट पछारिन्छन्


दोस्रो संविधानसभाको निर्वाचनमा उनी काठमाडौँ १० बाट स्वतन्त्र उम्मेदवार भए। परिणाम- उनी पनि पराजित, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि पराजित। पराजयमा दुवै समान भए पनि फरक उनले ल्याएको भोट थियो। उनको गितार चिह्नमा भोट परेको थियो जम्मा २८। तर पनि उनले हरेश खाएका छैनन्। विस्तृत जानकारी

त्यसबाहेक मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरुको सूची यस्तो छ-
ज्ञानुमाया तामाङ = केटाकेटी 
विनोद क्षेत्री = ढाकाटोपी 
अमोट महर्जन = बक्सिङ ग्लोब 
नेत्रबहादुर लिम्बु =  ब्याडमिन्टन कक  
पुरुषोत्तम दंगाल = चेस बोर्ड 
लक्ष्मीप्रसाद भण्डारी =ज्याबेल 
नवराज कार्की = शंख 
अनिलमान श्रेष्ठ =पंखा 
भगवान गिरी = खुल्ला सुटकेस
राधा बेल्वासे = माछा पाल्ने भाँडो
सुशीला बेघा = मसि र कलम 
विदुरप्रसाद घिमिरे (चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल) = ठेकी 
दिनेश शाही = बिरालो चुनाव चिन्ह (लोहनी राप्रपा)
सुरेन्द्रप्रसाद ढकाल = मकैको बोट( सामाजिक पर्यावरण मोर्चा)
गोर्कीप्रसाद श्रेष्ठ = इँट्टा (वैद्य माओवादी) 
डब बहादुर गर्बुजा पुन मगर= घर (राष्ट्रिय जनमुक्ति पार्टी )



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell