PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

निर्वाचनमा पत्रकारमाथि धम्की र आक्रमण बढ्यो : पत्रकार महासंघ



पहिलोपोस्ट

निर्वाचनमा पत्रकारमाथि धम्की र आक्रमण बढ्यो : पत्रकार महासंघ

काठमाडौः स्थानीय तहको निर्वाचनको बिषयलाई लिएर पत्रकार तथा सञ्चारमाध्यमाथि आउने आक्रमण, धम्की र पक्राउको घटना बढेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै पत्रकारलाई निर्भयसाथ पेशागत अभ्यास गर्ने वातावरण बनाउन महासंघ सम्बन्धित निकायसँग माग गरेको हो।

विज्ञप्तिमा केही घटना पनि उल्लेख छन्-

  • स्थानीय तहको निर्वाचनको विषयलाई लिएर महासंघ मकवानपुर शाखाका सदस्य तथा जनता जिन्दाबाद साप्ताहिकका सम्पादक तिलक अधिकारीको मकावनपुरस्थित घरमा घेरा हाली पक्राउ गरिएको,
  • बुधबार महासंघ काठमाडौं शाखाका सदस्य ठाकुरप्रसाद तिमिल्सिना (रसुवाली कवि) र गम्भीर पाठक एवं लेखक योगेस बराललाई काठमाडौंबाट पक्राउ गरिएको
  • बैशाख १९ गते महासंघ रुकुम शाखाका सदस्य शिक्षा सञ्जाल साप्ताहिकका सम्पादक एवं क्याम्पस उपप्राध्यापकसमेत रहेका हरिविष्णु ओलीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दासमेत लगाइएको
  • प्रहरीबाटै बागबजारस्थित रातो खवर साप्ताहिक कार्यालयमा छापा मारेको तथा काठमाडौं र अन्य विभिन्न जिल्लामा पत्रकार तथा पत्रकारका परिवारलाई अनावश्यक सोधपुछ गर्नुका साथै फोनबाट धम्क्याउने गरेको गुनासो समेत महासंघमा प्राप्त भएको
  • नुवाकोटमा पत्रकार देवचन्द्र भट्टले फोटो खिचेकै आधारमा गस्तीमा रहेका प्रहरीबाट दुर्व्यवहार गरिएको 
पत्रकारिताको मर्यादाभित्र रही अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गरेकै कारण थुनछेक, हतोत्साहन र धम्की दिइनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप मात्र नभई संविधान र प्रचलित कानुन विपरित समेत हुने भएकोले पक्राउ गरिएका पत्रकारका विषयमा तत्काल तथ्य सार्वजनिक गर्न, गैरकानुनी गिरफ्तारी र हतोत्साहनका कार्य बन्द गर्न महासंघले ध्यानाकर्षण गराएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell