PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुर्घटनामा म्यादी प्रहरीको मृत्यु



रासस

दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

नवलपरासीः नवलपरासीको रामग्राम नगरपालिका मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ। 

आइतबार राति भएको दुर्घटनामा घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा आज मृत्यु भएको हो। 

परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell