PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भिडियो : 'नेपालमा वर्ल्ड फेमस भइसकेको' भन्दै हरिवंश आफ्नै किताब बेच्दै



भिडियो : 'नेपालमा वर्ल्ड फेमस भइसकेको' भन्दै हरिवंश आफ्नै किताब बेच्दै

काठमाडौँ : कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास 'हरिबहादुर' सार्वजनिक भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा शनिबार महजोडीले पुस्तकको सार्वजनिक गरेका हुन्।

विमोचनपछि बोल्दै आचार्यले भने 'हरिबहादुर' उपन्यासमा एक चतुर पात्रको कथा समेटिएको छ, चिना हराएको मान्छे'मा लेख्न नसकोका कुरा 'हरिबहादुर'मा लेखेको छु।’



पुस्तक विमोचन गर्दै अर्का कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो पुस्तक दशैंमा आउने बताएका छन्।

पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको हो। संस्थाको टिमसँगै लेखक आचार्य जेठ ११ देखि देशभरि पुस्तक यात्रामा जाने प्रकाशक अजित बरालले बताए।

पुस्तक विमोचनका क्रममा हरिवंश आफै हरिबहादुरको रुपमा उपस्थित भई किताब बेचेको अभिनय गरेका थिए। उनले ऋषि धमलाको भेषमा रहेका कलाकारसित कुराकानी पनि गरे।  हेर्नुस् भिडियो-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell