PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हरिवंशको उपन्यास 'हरिबहादुर' सार्वजनिक, मदनकृष्णको कृति दशैंमा आउने



पहिलोपोस्ट

हरिवंशको उपन्यास 'हरिबहादुर' सार्वजनिक, मदनकृष्णको कृति दशैंमा आउने

काठमाडौँ : कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास 'हरिबहादुर' सार्वजनिक भएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा शनिबार महजोडीले पुस्तकको सार्वजनिक गरेका हुन्।

विमोचनपछि बोल्दै आचार्यले भने 'हरिबहादुर' उपन्यासमा एक चतुर पात्रको कथा समेटिएको छ, चिना हराएको मान्छे'मा लेख्न नसकोका कुरा 'हरिबहादुर'मा लेखेको छु।’

लेखक बुद्धिसागरले 'हरिबहादुर' उपन्यास पाठकले मनपराउनेमा आफू ढुक्क रहेको भन्दै यस पुस्तकले नेपाली पाठकलार्इ नयाँ स्वाद दिने बताए। साथै उनले हास्यव्यङ्ग्य शैलीमा लेखिएको यस पुस्तकले एउटा इतिहास रच्ने धारणा राखे।


पुस्तक विमोचन गर्दै अर्का कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो पुस्तक दशैंमा आउने बताएका छन्।

पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको हो। संस्थाको टिमसँगै लेखक आचार्य जेठ ११ देखि देशभरि पुस्तक यात्रामा जाने प्रकाशक अजित बरालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell