PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मनोनयन दर्ता सुरु भएसँगै सेयर बजार उकालो



पहिलोपोस्ट

मनोनयन दर्ता सुरु भएसँगै सेयर बजार उकालो

काठमाडौँ : स्थानीय निर्वाचनको मनोनयन दर्तालार्इ शेयर बजारले स्वागत गरेको छ। निर्वाचनको मनोनयन दर्ता सुरु भएसँगै शेयर बजार उकालो लागेको हो। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ७.५५ अंकले बढेर १६५८.३३ अंकमा उक्लिएको छ।

नेप्से सूचक बढेसँगै कारोबार रकम पनि मंगलबार अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार १४३ कम्पनीका १५ लाख ४८ हजार कित्ता शेयर ९२ करोड ९० लाख रुपैयाँमा खरीद बिक्रि भएका छन्।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो भएको छ। इन्स्योरेन्सको चार करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो। नेपाल एसबिआइ बैंक कारोबार रकमको आधारमा दोस्रो भएको छ। बैंकको तीन करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्रि भएको हो।

मंगलबार शेयरबजारका उपसुचक मिस्रित देखिएका छन् । आठ समुहको कारोबार भएकोमा चार समुहमा वृद्धि भएको छ भने चार समूह घटेका छन्। बैंकिङ ६.८८, विकास बैंक १६.४३, जलबिद्युत ३.१६ र बीमा ७९.०२ अंकले बढेको छ। होटल २८.८८, फाइनान्स २.१७, उत्पादन मुलक ५.४६ र अन्य २.३२ अंकले घटेको छ ।

मंगलबार ओमी माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन्। ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell