PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

उत्तर प्रदेशमा पशुवधमा अंकुश लागेपछि नेपालमा साबुनको मूल्य महंगियो



पहिलोपोस्ट

उत्तर प्रदेशमा पशुवधमा अंकुश लागेपछि नेपालमा साबुनको मूल्य महंगियो

  • अमर बडुवाल 

काठमाडौं : भारतको उत्तर प्रदेश राज्यमा भारतीय जनाता पार्टी (भाजपा) बाट योगी आदित्यनाथ मुख्य मन्त्री चयन भएसँगै नेपालमा लुगाधुने साबुनको मूल्य बढेको छ। नाङ्गो र खोल भएको दुबै साबुनको भाउ बढेको हो।

उत्तर प्रदेशका मूख्य मन्त्री योगी आदित्यनाथले जथाभावी गरिने पशुवधमा अंकुश लगाएका छन्। साबुन उत्पादनमा प्रयोग हुने कच्चा तेल पशुको बोसोबाट तयार हुन्छ। पशुवधमा अंकुसपछि तेलको उत्पादन घटेको छ। तेलको उत्पादनमा आएको कमीका कारण लुगा धुने साबुनको मूल्य बढेको पूजा शपका बिक्री विभाग प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए।

'उत्तर प्रदेश सरकारले मालबाहक ट्रकलाई क्षमताभन्दा बढी सामान बोक्न नदिने नीति लिएको छ,' उनले भने, 'यसले कच्चा पदार्थको आयात प्रति किलो १० रुपैयाँसम्म महंगो भएको छ। यसको असरले साबुनको मूल्य प्रति किलो पाँचदेखि सात रुपैयाँसम्म बढेको छ।'

उत्तर प्रदेशमा भारतीय जनता पार्टीको सरकार बनेपछि स्वीकृति नलिई सञ्चालन भएका बधसालाहरु बन्द गराइएका छन्। यत्रतत्र खुलेका बधशालाबाट उपलब्ध बोसोले साबुन बनाउन प्रयोग हुने तेल तयार हुन्थ्यो। वधशालामा नियन्त्रणपछि तेलको मूल्य प्रति लिटर १० रुपैयाँसम्म बढेको छ।

हिमगिरी साबुन उद्योगका विक्रि विभाग प्रमुख आनन्द परावराले साबुन बनाउन प्रयोग हुने कच्चा पदार्थ पाउन नसकेर मूल्य बढाएको बताए। उनले भने, मूल्य वृद्धि गर्नुको कारण भारत तथा तेस्रो देशबाट आयात हुने कच्चा पदार्थ पाउन मुस्किल भएर हो।

अहिले बजारमा एउटा साबुनको मूल्यमा पाँच रुपैयाँसम्म मूल्य बढाइएको छ। कसैले भने साबुनको तौल कम गरेर पुरानै मूल्यमा बेचिरहेको खुद्रा व्यवसायी हिमाल महर्जनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell