PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

किन स्थगित भयो २१ गतेसम्म संसद बैठक?



किन स्थगित भयो २१ गतेसम्म संसद बैठक?

काठमाडौं : संविधान संशोधनको कार्यसूची बनाएको संसद् आगामी २१ गते सम्मका लागि स्थगित भएको छ। मधेसी मोर्चाले संविधान संशोधन नहुँदासम्म चुनावमा नजाने निर्णय गरेको भएपनि चार दिनलाई संसद स्थगित भएको छ। यसले पहिलो चरणको निर्वाचनका लागि आगामी १९ गते नै उम्मेद्वारको मनोनय दर्ता गर्ने कार्यसूची रहेकाले मोर्चाले कस्तो प्रतिक्रिया जनाउँछ र संसद् बैठक यति लामो समय किन स्थगित भयो भन्ने प्रश्न उठाएको छ। 

तर सबै पक्षका नेताहरुले संसद स्थगनलाई आ–आफ्ना ढङ्गले व्याख्या गरेपनि सबै सकारात्मक नै देखिएका छन्। सत्तारुद्ध दल देखि प्रमुख प्रतिपक्ष र मोर्चा आबद्ध दलले पनि २१ गतेसम्मको संसद स्थगनलाई सकारात्मक रुपमा व्याख्या गरेका छन्।
  
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलेले सहमति कै लागि संसद्को बैठक स्थगित भएको भन्दै २१ गतेसम्म सहमति हुने अपेक्षा रहेको बताए। 
'सहमतिको प्रयासका लागि संसद् स्थगित गरिएको हो,' पौडेलले भने, 'त्यस अवधीसम्म सबै सहमत भएर संविधान संशोधन प्रस्ताव पारित हुन्छ भनेर नै यो गरिएको हो।'
 
मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूहरु संशोधन पारित गरेर नै चुनावमा जाने पक्षमा रहेको भए पनि पछि संशोधन हुने कुरालाई मोर्चामा छलफल गरेर टुंगोमा पुग्ने बताए।
 
'हामी त संशोधन पारित गरेरै जानुपर्छ भन्नेमा छौँ, तर थप विषयमा हामी छलफल गर्न तयार छौँ,' यादवले भने, 'गठबन्धनको बैठकबाट यस विषयमा निर्णय गर्नेर्छौँ।' 

अध्यक्ष यादवले गठबन्धनमा छलफल गर्ने भने पनि उनकै पार्टीका प्रमुख सचेतक डाक्टर शिवजी यादवले यथार्थ खुलाए। '२१ गतेको बैठक उम्मेदवारको मनोनयका लागि जान, मनोनयन दर्ता गर्न र फर्कनका लागि बाटोको म्यादसहित राखेर तोकिएको हो,' यादवले भने।
 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संविधान संशोधन नहुँदासम्म चुनावमा नजाने मोर्चाको निर्णयका कारण संशोधन प्रक्रियालाई लम्ब्याउने रणनीति बनाएको छ।
 
'संविधान संशोधन आजै निर्णयार्थ पेश हुन्छ जस्तोगरी मिडियामा समाचार आयो,' एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, 'हामीले समिति बनाएर जाउँ भन्ने कुरा गर्न लागेका थियौँ, तर आज जसरी २१ सम्म स्थगित भएको छ यो सकारात्मक छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell