PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

संविधान संशोधन पहिलो चरणको निर्वाचनपछि : प्रधानमन्त्री



पहिलोपोस्ट

संविधान संशोधन पहिलो चरणको निर्वाचनपछि : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैशाख ३१ गते नै निर्वाचन हुने बताएका छन्। उनले निर्वाचनका विषयमा कुनै किसिमको कन्फ्युजन नराख्नसमेत आग्रह गरेका छन्। 

आइतबार संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने- 'तपाईँ मिडियाका साथीहरुले पनि कुनै खालको कन्फ्युजन पार्न र पर्न जरुरी छैन। नोमिनेशनका निम्ति सबै माननीय सदस्य सहभागी हुने वातावरणका निम्ति २१ गते (संसद् बैठक) राखिएको छ। नोमिनेशनमा सबैले उत्सवको रुपमा सहभागी हुने र ३१ गते निर्वाचन गर्ने, संशोधनमा अब २१ गते मात्र छलफल गर्ने।'

सरकारले अगाडि बढाएको संविधानको संशोधनमा सरकार र प्रतिपक्षीसहितका ५० वटा संशोधन छन्। 

प्रधानमन्त्री प्रचण्डले पछिल्लो घटनाक्रमको विकासले पहिला स्थानीय तहको निर्वाचन प्राथमिकतामा राखिएको बताएका छन्। 

मधेसी मोर्चा र सरकारबीच आजसम्ममा संविधान संशोधन पारित गर्ने समझदारी भएको थियो। तर दुई दिन एमालेको संसद् अवरोधका कारण संशोधनको सैद्धान्तिक छलफलमा समेत ढिलाई भएको थियो।

संशोधनको पक्षमा दुई तिहाईको हिसाब नमिलेपछि सरकार र मोर्चा निर्वाचन पछिसम्म संशोधन पारित गर्नेमा लचिलो भएका हुन्। संशोधन पारितका लागि ५ सय ९३ सांसदमध्ये ३ सय ९६ ले पक्षमा मतदान गर्नुपर्ने हुन्छ।

'घटनाक्रम जसरी विकास भएको छ, सबैभन्दा पहिला नोमिनेशन गरेर पहिलो चरणको निर्वाचन सम्प्नन गर्ने कुरा प्राथमिकता दिनुपर्ने अवस्था बन्यो', प्रचण्डले भने, 'मोर्चा पनि यसमा समझदारीमा आउने अवस्था बन्यो।'

उनले संशोधन नभए पनि मधेसी मोर्च निर्वानमा आउँछ? भन्ने प्रश्नमा 'मोर्चा पनि आउँछ', भन्दै जवाफ फर्काए। 

सरकारले वैशाख ३१ गते प्रदेश ३, ४ र ६ मा निर्वाचनको घोषणा गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell