PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एकीकरणको तीन महिना नहुँदै राप्रपामा भुइँचालो : संविधान संशोधनमा विवाद



एकीकरणको तीन महिना नहुँदै राप्रपामा भुइँचालो : संविधान संशोधनमा विवाद


काठमाडौं : संविधान संशोधन विधेयक पारित गर्नु अघि नै भर्खरै एकीकरण भएको राप्रपामा भुइँचालोको धक्का सुरु भएको छ।

आज संशोधनमाथि छलफल हुन्छ भन्ने विश्वासका साथ राप्रपाका १९ जना सांसदले पार्टीको ह्वीप उल्लंघनको तयारी गरेका थिए।
 
तर, संविधान संशोधनका लागि बोलाइएको संसद् नै आगामी २१ गतेसम्मका लागि स्थगित भएपछि उनीहरुको आजको तयारी उपयोगविहीन भएको छ। यससँगै राप्रपालाई आन्तरिक विवाद समाधानका लागि समय पनि मिलेको छ।
 
संशोधनका विषयमा छलफलका लागि आज बिहान राप्रपाले डाकेको संसदीय दल बैठकमा १२ सांसद अनुपस्थित भए। तर उनीहरुलाई पनि 'एसएमएस' गरेर राप्रपाले संशोधनका पक्षमा उभिन ह्वीप जारी गरेको छ। तर ती सांसदहरु सम्पर्कविहीन छन्।

संशोधन प्रक्रिया पार्टीका नेता कार्यकर्ताको भावना विपरीत भन्दै सांसद रामकुमार सुव्वाको नेतृत्वमा सुरु भएको अभियानमा हिजोसम्म १९ जना सांसद्हरु रहेपनि अहिलेसम्म त्यो संख्या केही घटेको राप्रपाका एक केन्द्रीय सदस्यले जानकारी दिए।
 
'हिजोसम्म १९ जना संशोधनको वपक्षमा संसद्मा उपस्थित हुने भनेर तयारी भएको थियो तर, नेतृत्वयले त्यो थाहा पाएपछि केही संख्या घटेको छ,' ती केन्द्रीय सदस्यले भने, 'अब करिव १५ जना सांसद संसद् बैठकमा नै अनुपस्थित हुन्छन् वा उपस्थित भएर पनि मतदानमा सहभागी हुँदैनन्।'

उनले अध्यक्ष कमल थापाले पार्टीको कुनै पनि निकायमा छलफल नै नगरी पार्टीका नेता कार्यकर्ताको भावना विपरित संशोधनका पक्षमा उभिने निर्णय गरेकाले त्यस्तो काम भएको बताए।
 
ती केन्द्रीय सदस्यले १० देखि १२ सांसद् संसद्मा अनुपस्थित हुने र बाँकी केहीले संसदमा उपस्थित भएर पनि मतदान नगर्ने दावी गरे।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले पनि संख्या उल्लेख नगरी केही सांसद संसदीय दल बैठकमा अनुपस्थित भएको स्वीकार गरे। उनले अनुपस्थितहरुलाई पनि कडाइकासाथ ह्वीप जारी भएको बताए।
 
श्रेष्ठले भने, 'अहिले नै केही भन्ने अवस्था छैन किन भने कोही अनुपस्थित हुन्छ भने पनि संशोधन प्रक्रियासम्म त कुर्नुपर्यो।' उनले केही सांसिद्ले असन्तुष्टी राखे पनि पार्टीले निर्णय गरिसकेपछि त्यसको अर्थ नहुने बताए।
 
राप्रपामा देखिएको यो समस्याले संविधान संशोधन प्रक्रिया पनि अनिश्चित भएको छ। राप्रपासहित सहभागि हुँदा समेत संशोधनको पक्षमा दुई तिहाइ पुर्यासउन एक मत कम भएको सरकारलाई पनि अर्को चुनौति थपिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell