PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दर्ता नै नभएका पुस्तक पढाउँदै पर्साका निजी विद्यालय



राधेश्याम पटेल

दर्ता नै नभएका पुस्तक पढाउँदै पर्साका निजी विद्यालय

वीरगन्ज : प्याब्सन पर्सामा आबद्ध केही निजी विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रमा दर्ता नभएका पुस्तकहरू पनि अध्यापनको लागि लागू गरेका छन्। 

प्याब्सनसँग आबद्ध रहेका गौतम, मनकामना, विद्यासदन, माउन्ट हर्मन, सनराइज, मास्कोटलगायत १३ वटा स्कूलहरुले यस्तो शिक्षा नीति विपरीत कार्य गरिरहेका हुन्। पाठ्य विकास केन्द्रमा दर्ता नभएका भारतीय प्रकाशनका पुस्तकहरु लागु गरेर अभिभावक तथा विद्यार्थी माथि थप भार थपेको अभिभावकहरु उपदेश मेहताले गुनासो गरे। निजी विद्यालयहरुले फ्रेड्ढ प्रकाशनको 'ग्रो विद ग्रामर', म्याकमिलन प्रकाशनको 'लिटिल रिडर्स' भन्ने पुस्तकहरू अध्यापन गराइरहेका छन्। यसले अभिभावक तथा विद्यार्थीहरूमा थप भार पर्नुको साथै पुस्तक उलब्धतामा पनि कठिनाई भइरहेको छ।

निजी विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रमा दर्ता भएको पुस्तक मात्र पढाउनुपर्ने नेपालको शिक्षा नियमावलीमा व्यवस्था भए पनि यी स्कूलहरुले शिक्षा नीतिको अवलम्बन गरेको पाइँदैन। निजी विद्यालयहरुले कमिशनको चलखेलको कारण यी पुस्तक लागु गरी अभिभावकहरुलाई ठगिरहेको अभिभावकहरुले आरोप लगाएका छन्।

यस विषयमा पुस्तक तथा स्टेशनरी महासङ्घ पर्साका अध्यक्ष नरेश रौनियारले भारतीय प्रकाशनका यी पुस्तकहरूमा वीरगञ्जका विद्यालयमा लागू भएपछि यहाँका पुस्तक व्यवसायीलाई पनि समस्या परेको बताए। दर्ता नभइकनै प्याब्सनसँग आबद्ध विद्यालयहरूमा कसरी भारतीय प्रकाशनको पुस्तक लागू भयो भन्ने सन्दर्भमा प्याब्सन पर्साका अध्यक्ष डा. हरिशङ्कर साहले आफूलाई जानकारी नभएको र यस विषयमा बुझेर जानकारी गराउने आश्वासन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell