PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डब्लुसिएल : नेपाल र हङकङबीचको खेल अक्टोरबमा



पहिलोपोस्ट

डब्लुसिएल : नेपाल र हङकङबीचको खेल अक्टोरबमा
फाइल फोटो

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) अन्तर्गत नेपाल र हङकङबीचको छैटौँ चरणका खेलहरु आगामी अक्टोबरमा हुने भएको छ। 

आइसीसीको वेवसाइटमा उल्लेख भएअनुसार नेपाल र हङकङबीचको दुई खेल अक्टोबर १३ र १५ मा हङकङमै हुनेछ। खेलहरु हङकङको मोङ हकस्थित तिन क्वोङ रोड रिक्रिएसन क्रिकेट ग्राउण्डमा हुनेछ। 

पछिल्लोपटक गत मार्चमा बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको थियो।

डब्लुसिएलको शीर्ष चार स्थानमा रहदै वान डे वर्लड कप क्वालिफायरमा छनौट हुनका लागि नेपालले हङकङ विरुद्धको दुवै खेल जित्नुपर्नेछ। हङकङसँगको खेल पछि नेपालल न्युट्रल भेन्इमा युएइसँग अन्तिर चरणको दुई खेल खेल्नेछ।

८ राष्ट्रको सहभिगता रहेको लिगमा नेपाल १० खेलबाट ८ अंक जोड्दै अंक तालिकामा छैटौँ स्थानमा छ। नेपालले ६ खेलमा हार बेहोरेको थियो भने ४ खेल मात्र जितेको थियो। 

नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसाँको खेलमा समान २-० ले पराजित भएको थियो भने नामिवियालाई दुवै खेलमा हराएको थियो। यस्तै नेदरल्याण्ड्स र केन्यासँग एक एक जितेको नेपालले एक एक खेलमा भने हार बेहोरेको थियो।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell