PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार बर्खास्त



रासस

पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार बर्खास्त
सैयद तारिक फतेमा। फोटो स्रोत: inp.net.pk

इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो प्रधानमन्त्रीका विदेश मामिला विशेष सल्लाहकार सैयद तारिक फतेमालाई पदबाट बर्खास्त गरेका छन् ।  

पाकिस्तानी राजनीतिक नेता र सैनिक नेतृत्वबीच आतङ्कवादविरुद्धको लडाइँका विषयमा विवाद रहेको भनी गतवर्ष सार्वजनिक भएको एक सञ्चारकर्मीको रिपोर्टमा फतेमाको संलग्नता भएको भन्दै पदमुक्त गरिएको बताइएको छ । 

यद्यपि पाकिस्तानी सेनाले प्रधानमन्त्री सरिफले आफ्ना सल्लाहकारलाई सेना र राजनीतिक नेताबीचको द्वन्द्वका कारण हटाइएको भनी आएका समाचारलाई अस्वीकार गरेका छ । 

सेनाले प्रधानमन्त्रीको कदम ‘अपूर्ण’ रहेको भनी प्रतिक्रिया दिएको छ । 

यसअघि प्रधानमन्त्री सरिफले एक अर्का अधिकारी राव तेहसिनलाई कारबाही गर्न निर्देशन दिएका थिए । सरिफले पाकिस्तानी सञ्चारकर्मीलाई आफ्नो विषयमा विवादास्पद खबर लेखेको कारण नहटाउन पाकिस्तानी डन पत्रिका प्रशासनलाई आग्रह गरेका थिए। 

पाकिस्तानी प्रधानमन्त्री सरिफ र सेनाबीच सन् २०१६ पछि सम्बन्ध अपेक्षित सहज देखिने गरेको छैन । रासस÷एपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell