PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ला लिगा : सुवारेजको दुई गोलमा बार्सिलोना विजयी, रियलको कठिन जित



पहिलोपोस्ट

ला लिगा : सुवारेजको दुई गोलमा बार्सिलोना विजयी, रियलको कठिन जित

स्पानिस ला लिगाको उपाधिका लागि बार्सिलोना र रियल मड्रिडबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। लिग अन्तर्गत गएराती भएको खेल बार्सिलोना र रियलले आ-आफ्नो खेल जित्दै समान ८१ अंक जोडेका छन्। तर रियलले बार्सिलोनाभन्दा १ खेल कम खेलेको छ।

क्याटलाना डर्बीमा बार्सिलोनाले स्पानयोलमाथि ३-० को सहज जित हात पार्दा लुइस सुवारेजले २ तथा इभान राकिटिकले १ गोल गरे। 

त्यसअघि क्रिस्टियानो रोनाल्डोले पेनाल्टी चुकाउँदा रियलले भ्यालेनसिया विरुद्ध २-१ को कठिन जित निकाल्यो। ४ मिनेट बाँकी रहदा मार्सेलोले निर्णायक गोल गर्दै रियललाई ३ अंक दिलाए।

त्यसअघि २७औं मिनेटमा रोनाल्डोले नै गोल गर्दै रियललाई अग्रता दिलाए। ५७औं मिनेटमा रोनाल्डोले पेनाल्टी चुकाउँदा रियलले अग्रता लिने मोका गुमायो। ८२औं मिनेटमा भ्यालेन्सियाका ड्यानिएल परेजोले बराबरी गोल फर्काए। तर ८६ औ मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई जित दिलाए।

३५ खेल खेलेको बार्सिलोना गोलअन्तरमा अगाडी छ भने ३४ खेल खेलेको रियल दोस्रोमा छ। 

अब बार्सिलोनाले ३ खेल मात्र खेल्न बाँकी ५ भने रियलले ४ खेल खेल्न बाँकी छ। यस्तो बाँकी रहेको खेल जित्दै च्याम्पियन बन्ने दाउमा रियल छ भने बार्सिलोना पनि आफ्ना सबै खेल जित्दै आफु अनुकुल नतिजाको पर्खाइमा छ। 

यता तेस्रो स्थानको एथ्लेटिको मड्रिडले लस पलमसलाई ५-० ले पराजित गरेको छ। एथ्लेटिकोका लागि केभिन गमेइरो २ तथा सउल निगेज, थोमस र फर्नान्डो टोरेसले १/ १ गोल गरे। ६५औं मिनेटमा केभिन प्रिन्स बोएटेङ रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि लसपलमस दश खेलाडीमा झरेको थियो।

जितपछि ३५ खेलबाट ७१ अंक जोडेको एथ्लेटिकोले शीर्ष ३ मा रहदै आगामी सिजन सिधै च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ। 
एक खेल कम खेलेको सेभिया ६८ अंकका साथ चौथो स्थानमा छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell