PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुमोको ठक्करबाट राजविराजमा एक साइकलयात्रीको मृत्यु



पहिलोपोस्ट

सुमोको ठक्करबाट राजविराजमा एक साइकलयात्रीको मृत्यु

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा भारतीय सुमोगाडीको ठक्करबाट शनिबार साँझ एकजना साइकलयात्रीको मृत्यु भएको छ। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर ३० पी १२०० नम्बरको सुमोगाडीले ठक्कर दिँदा सप्तरीको मल्हनवा–४ निवासी ४२ वर्षीय साइकलयात्री बद्री साहको मृत्यु भएको इप्रका, कडोरबनाले जनाएको छ। 

यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पिकअप भ्यान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका छन्। 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ज ३४८९ नंको पिकअप भ्यानको टायर पञ्चर भई अनियन्त्रित भई सोही दिशाबाट जन्ती बोकेर आउँदै गरेको स१ज १३७ नंको बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो। 

पिकअप भ्यानमा सवार घाइतेहरुको धर्मेश्वर अस्पताल, ठेलियामा उपचार भइरहेको छ भने दुवै सवारी साधनलाई इप्रका, कञ्चपुरले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell