PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

को बन्दैछन् एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार? आज टुङ्गो लाग्ने, घोषणापत्र ३ बजे सार्वजनिक हुने



को बन्दैछन् एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार? आज टुङ्गो लाग्ने, घोषणापत्र ३ बजे सार्वजनिक हुने

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमालेले काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरको टुङ्गो आज लगाउने भएको छ। 

शनिबार बसेको नेकपा (एमाले)को स्थायी कमिटीको बैठकमा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारका बारेमा प्रगति विवरण प्रस्तुत गरेका थिए। 

प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मतरुपमा सबै उम्मेदवार निर्णय भइसकेको छ। 

तर प्रदेश नम्बर–३ मा भने काठमाडौँ महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मतरुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको छ र आइतबारसम्ममा त्यसलाई टुङ्गो लगाउने तयारी छ।  

एमालेमा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवारको टुङ्गो भइसकेको छ भने अन्य जिल्लामा पनि ९० प्रतिशतभन्दा बढी स्थानमा उम्मेदवार सर्वसम्मतरुपमा चयन भएका छन् । थोरै स्थानमा बाँकी रहेका उम्मेदवारको चयन आइतबारसम्ममा गरिने बताइएको छ । प्रदेश नम्बर–४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ । 

एमालेको स्थायी कमिटीबाट पारित पार्टीको स्थानीय निर्वाचनको घोषणापत्रलाई आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक गरिने कार्यक्रम रहेको छ । राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell