PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कवि लम्सालको 'धरा' महाकाव्य सार्वजनिक



पहिलोपोस्ट

कवि लम्सालको 'धरा' महाकाव्य सार्वजनिक

काठमाडौँ : कवि डा. नवराज लम्सालको ‘धरा’ महाकाव्य सार्वजनिक भएको छ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस, डा. जगमान गुरुङ, डा गोविन्दराज भट्टराई, प्राज्ञ भुवन ढुङ्गाना पत्रकार धर्मेन्द्र झालगायतले महाकाव्य सार्वजनिक गरेका हुन्।

नेपाली साहित्यमा ‘कर्ण’ महाकाव्यको सिर्जना गरिसकेका कवि लम्सालले यस महाकाव्यको सिर्जना १० वर्ष लगाएर गरेका हुन्।

विमोचन समारोहमा बोल्दै कवि दिवसले भने, ‘धरा’ मा टुक्रा टुक्रा नभई सिङ्गै नेपालका बारेमा मिहिन रुपमा जानकारी प्रस्तुत गरिएको छ, मुलुक बनाउन अरुलाई गुनासो मात्र नगरी हरेकले आफ्नो तर्फबाट योगदान दिनुपर्छ भन्ने प्रमाणका रुपमा ‘धरा’ महाकाव्य देखा परेको छ।

महाकाव्यमाथि बोल्दै समालोचक डा. गोविन्दराज भट्टराईले लम्सालले महाकाव्य लेखनमा आफूलाई अलग रुपमा स्थापित गर्न सफल भएको धारणा राखे।

४३८ पृष्ठको आकारमा फैलिएको यस महाकाव्यलाई ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको हो। लम्सालको यो छैठौँ साहित्यिक कृति हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell