PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्वाचन आयोगले भन्यो, चुनावको बीचमा बजेट आचारसंहिता विपरीत: सरकार अप्ठ्यारोमा



निर्वाचन आयोगले भन्यो, चुनावको बीचमा बजेट आचारसंहिता विपरीत: सरकार अप्ठ्यारोमा

काठमाडौं : निर्वाचन आयोगले चुनावको बीचमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने निर्णय सार्वजनिक गरेको छ।

दुई चरणको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको आयोगले पहिलो चरणको निर्वाचनको १५ दिन अघि निर्वाचनको बिचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट आचार संहिता विपरित हुने निर्णय गरी सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

निर्वाचन आयोगबाट आज जारी विज्ञप्तिमा भनिएको छ, 'दुई चरणमा हुने स्थानीय तह निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचार संहिता अनुकूल नहुने भएकाले नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ।'

सरकारले संघीय गठबन्धनसँगको सहमति पछि दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने भन्दै साविकको बैसाख ३१ र जेठ ३१ गतेका लागि मिति तय गरेको थियो।
 
मन्त्रिपरिषदकोर निर्णय अनुसार यही वैशाख ३१ गते पहिलो र जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिसकको छ।
 
आयोगले २०७३ फागुन १८ गते देखि लागू हुने गरी स्थानीय तह निर्वाचन आचार संहिता लागू  गरेको र त्यो आचारसंहिता दोस्रो चरणको निर्वाचन अवधिभर यथावत कायम रहने भन्दै दुई निर्वाचनको बीचमा सरकारबाट नीति तथा कार्यक्रम र बजेट ल्याउँदा निर्वाचन आचार संहिता अनुकूल नहुने आयोगको निर्णय सर्वजनिक गरेको हो।
 
आयोगको निर्यणयसँगै सरकारलाई निर्वाचन एकै चरणमा गर्ने वा बजेट निर्वाचन पछि सार्नेगरी संविधान संशोधन गर्ने दवाव बढेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell