PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल एथ्लेटिक्स एशोसिएसनको वार्षिक क्यालेन्डर सार्वजिनक, कीर्तिमानी खेलाडी सम्मानित



पहिलोपोस्ट

नेपाल एथ्लेटिक्स एशोसिएसनको वार्षिक क्यालेन्डर सार्वजिनक, कीर्तिमानी खेलाडी सम्मानित

काठमाडौं : नेपाल एथ्लेटिक्स एशोसिएसनले २०७४ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

शनिबार नेपाल एथ्लेटिक्स एशोसिएसन एनएए अवार्ड सेरेमोनीको आयोजना गर्दै एशोसिएसनले वर्ष २०७४ को कार्यक्रम सुरु गर्दै खेल तालिका समेत सार्वजिनक गरेको छ। 

कार्यक्रममा कीर्तिमानी धावक, कोच र भेट्रान धावकहरुलाई नगदसहित सम्मान समेत गरियो। विभिन्न प्रतियोगिताको विभिन्न स्पर्धामा कीर्तिमान रचेका यामसाजन सुनार, दिलमाया कार्की, सविता चौधरी, प्रमिला रिजाल, वृन्दा श्रेष्ठ, मनमति विष्ट, कृष्णा चौधरी, गोपीचन्द्र पार्की, सूर्य खत्री, अमृता महतो, सीमाकुमारी थारु, चन्द्रकला लाम्गादे, सरस्वती भट्टराई, कान्छीमाया कोजु र हरि रिमाल रहेका छन्।

एनएएले सन् २०१४ देखि २०१६ सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एथ्लेटिक्समा नेपाली धावकले गरेको प्रदर्शनको आधारमा सम्मान गरेको छ।

प्रशिक्षकहरु पुष्पराज ओझा, विक्रमजंग थापा, राकेश वज्राचार्य, छविलाल थापा र धनीराम चौधरी, पूर्व खेलाडीद्वय वैकुण्ठ मानन्धर र जितबहादुर केसी तथा पूर्व मुख्य प्रशिक्षकहरु मधुशम्शेर जंगबहादुर राणा, विश्वप्रकाश थापा, नारायण यादव, नारायणबहादुर प्रधान, नरबहादुर शाही, मोहन घले र सुशीलनरसिंह राणा पनि सम्मानित भए।

१२ औं दक्षिण एसियाली खेलकुद (साग) का टिम व्यवस्थापक सन्तोष श्रेष्ठलाई पनि सम्मान गरियो।

यस्तै एनएएका महासचिव सुनिल राजवंशीले खेलाडीहरुको लागि प्रतियोगिता मात्र नगरी कोच र अफिसियलहरुका लागि समेत कोर्स सञ्चालन गर्न लागेको बताए।

यस्तै अवार्ड कार्यक्रममा दिवाकरलाल अमात्यद्वारा लिखित नेपाली एथ्लेटिक्सका हालसम्मका कीर्तिमान समेटिएको नेपाल एथ्लेटिक्स स्टास्टिक्स समेत सार्वजिनक गरियो।

एनएएको वार्षिक क्यालेन्डर २०७४ (२०१७-१८)
एनएए अवार्ड सेरेमोनी - १६ बैशाख
एनएए अफिसिएटिङ कोर्स - २७ र २८ जेठ, हैटौँडा
नेशनल क्रस कन्ट्री च्याम्पियनसिप - असार, काठमाठौं
एडिडास एनएए १०के रोड रेस - १० भदौ, काठमाडौं
गोल्डेन स्प्रिन्ट मिट - ८ असार, काठमाडौं
आइएएएफ लेभल १ सेमिनार - काठमाडौं
नेशनल युथ एण्ड जुनियर एथ्लेटिक्स च्याम्पियनसिप - १८ देखि २० कात्तिक, नेपालगन्ज
नेशनल एथ्लेटिक्स च्याम्पियनसिप - २१ देखि २३ मंसिर, काठमाडौं 

नेपालले भाग लिने इन्टरनेशनल क्यलेन्डर - २०१७
दोस्रो युथ एसियन एथ्लेटिक्स च्याम्पियनसिप - २०-३४ मे, बैंकक
२२औं एसियन एथ्लेटिक्स च्याम्पियनसिप - ६-९ जुलाई, भारत
आइएएएफ च्याम्पियनसिप - ४-१७ अगस्ट, लण्डन
१४औं एसियन म्याराथन च्याम्पियनसिप - २६ नोभेम्वर 
इन्टरनेशनल ओपन मिट्स


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell