PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्मार्टफोन बिक्रीमा ओप्पो बन्यो चौथो कम्पनी



पहिलोपोस्ट

स्मार्टफोन बिक्रीमा ओप्पो बन्यो चौथो कम्पनी

काठमाडौं : विश्वबजारमा स्मार्टफोन बिक्रीका हिसाबले ओप्पो चौथो स्थानमा उक्लिएको छ।

इन्टरनेसनल डाटा कर्पोरेसनले सन् २०१७ को पहिलो त्रैमासमा स्मार्टफोनको बजार अध्ययन अनुसार बिक्री र इयर अन इयर ग्रोथका आधारमा ओप्पो चौथोमा उक्लिएको हो। कर्पोरेशनको प्रतिवेदन अनुसार यो अवधिमा ओप्पोको २ करोड ५६ लाख मोबाइल बिक्री भएका छन्।

चिनियाँ बजारमा मध्यम वर्गीय ओप्पोको आरनाइन एसले विशेष भूमिका खेलेको प्रतिवेदनमा छ। एसिया, मध्य पूर्व र अफ्रिकामा समेत ओप्पोको बिक्री राम्रो छ। भारतीय बजारमा समेत ‌ओप्पो आक्रामक हिसाबले बजार विस्तार गरिरहेको छ। इण्डोनेशिया र अन्य दक्षिणपूर्वी देशमा आफ्नो सेवा केन्द्र स्थापना गरेर बिक्री र बिक्रीपछिको सेवालार्इ अगाडि बढाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell