PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गगन गर्जन, 'एमाले राष्ट्रवादको नक्कली ठेकेदार नबनोस्, जनताले मुकुण्डो उतार्दिन्छन्'



पहिलोपोस्ट

गगन गर्जन, 'एमाले राष्ट्रवादको नक्कली ठेकेदार नबनोस्, जनताले मुकुण्डो उतार्दिन्छन्'

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले एमालेलाई राष्ट्रवादको ठेकेदार बनाएर आफूलाई मात्र प्रस्तुत नगर्न चेतावनी दिएका छन्। कांग्रेस कार्यलयमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नेता थापाले आफूलाई मात्र राष्ट्रवादी भन्दै हिँड्दा त्यसको मूल्यांकन जनताले पनि गर्ने दाबी गरे।

'एमाले यसरी प्रस्तुत भइरहेको छ मानौँ राष्ट्र र राष्ट्रियताको हामीलाई चिन्तै छैन यतिञ्जेल पनि उसले नै थेगिदिएको हो,' थापाले भने, 'यसरी दाबी गर्दै जाँदा जनताले बुझ्न थालेका छन्, एकदिन एमालेको नक्कली राष्ट्रवादको मुकुण्डो जनतासामु उतारिने छ।' थापाले एमालेले गल्ती गर्दा जोगाइदिनेहरुलाई नै अराष्ट्रवादी भन्दै हिँड्दा जनताले के सोच्छन् भन्ने हेक्कासमेत एमाले नेतृत्वले नराखेको बताए।

उनले संविधान संशोधनका सन्दर्भमा एमालेको धारणा आपत्तिजनक भएको पनि बताए। 'संविधान संशोधनको सन्दर्भमा एमाले र अध्यक्ष ओलीले सार्वजनिक गरिरहेको धारणा आपत्तिजनक छ,' थापाले भने, 'कुनै क्षेत्रका मानिसलाई नेपाली नै हैनन् भन्ने अभिव्यक्ति अपमानजनक र असहिष्णु पनि छ।' थापाले कुनै क्षेत्रलाई अपमान गरेर राष्ट्रिय राजनीति बलियो बनाउछु भन्नु भ्रम मात्र भएको बताए।

'उहाँहरु प्रदेश यस्तो हुनुपर्छ भनेर देशजस्तो सुकैहोस् भन्दै जनताको भावनामा ठेस पुर्‍याउँदै हुनुहुन्छ,' थापाले भने, 'हामी प्रदेश मिलाउँदै जान सकिन्छ तर देशमा समस्या आउनुहुँदैन भन्छौँ, सायद उहाँहरुको र हाम्रो राष्ट्रियता यहीँनेर मिलिरहेको छैन।' उनले देशलाई अप्ठ्यारोमा पुर्‍याएर प्रदेश निर्माणको विरोध गर्नेहरु संघीयताको मर्म विरोधी भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell