PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

के भने कांग्रेस सभापति देउवासहितका नेताहरुले ओली निवास पुगेर?



पहिलोपोस्ट

के भने कांग्रेस सभापति देउवासहितका नेताहरुले ओली निवास पुगेर?

काठमाडौं :  नेपाली कांग्रेसका सभापतिसहितका नेताहरुको टोली ओली निवास बालकोट पुगेर एमाले अध्यक्षसँग भेटवार्ता गरेका छन्।

सानेपामा पर्टीको धारणा सार्वजनिक गर्दा नै संविधान संशोधनमा एमालेलाई सहमत गराएर तोकिएको मितिमा निर्वाचन गराउने घोषणा गरेको कांग्रेसका नेताहरु तोकिएको मितिमै चुनाव गराउन संशोधनमा सहमति माग्न ओली निवास पुगेका हुन्।

भेटमा देउवाले ओलीलाई संविधान संशोधन गरेपछि चुनावमा जाने वातावरण बन्ने भन्दै चुनावले स्थानीय सरकार दिने र त्यसबाट स्थायित्व प्राप्त हुने भन्दै त्यसका लागि एमालेको सहयोग आवश्यक हुने बताएका थिए। बालकोट स्रोतका अनुसार देउवाले एमाले कांग्रेसजस्तै जिम्मेवार पार्टी भएको भन्दै देशको समस्या समाधानमा एमालेको दायित्व महत्वपूर्ण हुने बताएका थिए।

जवाफमा ओलीले भने संविधान संशोधन औचित्यका आधारमा मात्र हुने भन्दै कसैलाई चित्त बुझाउन मात्र संशोधन हुन नसक्ने बताए। 'कसैको निहित स्वार्थ सिद्ध गर्न संविधान संशोधन हुन सक्दैन, यदि हुन्छ भने पनि एमालेले समर्थन जनाउँदैन भन्नुभएको छ' बालकोट स्रोतले भन्यो।

कांग्रेस सभापति देउवाले सानेपामा नै 'निर्वाचनको मिति नसर्ने र एमालेसहितको सहभिगतामा संविधान संशोधनको प्रस्ताव पारित हुने' घोषणा गरेका थिए। त्यस लगत्तै कांग्रेस सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई लिएर ओली निवास बालकोट पुगेका हुन्।

नेपका एमालेले भने संविधानमा रहेको स्थानीय तहका प्रतिनिधिले राष्ट्रियसभा र राष्ट्रपतिको निर्वाचन मण्डल बन्ने कुरा संविधानबाट हटाउन नहुने तथा संविधानको धारा २७४ को उपधारा चार संशोधन गरेर प्रदेशको सीमा परिवर्तन गर्दा प्रदेशको स्वीकृति लिनु नपर्ने व्यवस्थाको विरोध गरिरहेको छ। उसले ती विषय हटाए मात्र संशोधनमा समर्थन गर्ने घोषणा यस अघि नै गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell