PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संरक्षक र मायांका च्याम्पियन



पहिलोपोस्ट

संरक्षक र मायांका च्याम्पियन

काठमाडौं : संरक्षकभूषण वज्राचार्य र मायांका राणाको जोडीले पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि शुक्रबार जितेका छन्।

उपाधि भिडन्तमा संरक्षक र मायांकाको जोडीले इरा रावत र श्रीराम मगरको जोडीलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरे।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान पुरुष सिंगल्समा प्रदीप शाहले दोहोरो उपाधि जिते। ५५ र ४५ वर्षमाथि च्याम्पियन बनेका प्रदीपले फाइनलमा क्रमशः मनोज राणालाई ०–६, ६–३, १०–६ तथा मनोजविक्रम शाहलाई ०–६, ६–२, १०–८ को सेटमा हराए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी पहिलो भए। उनले फाइनलमा महेश श्रेष्ठलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाए। कमलले सोही उमेरसमूहको डबल्समा महेश श्रेष्ठ मिलेर अर्को उपाधि पनि हात पार्न सफल भए। उक्त जोडीले फाइनलमा छेवाङ लामा र मनोजविक्रम शाहको जोडीलाई ६–३, ६–४ को  सीधा सेटमा निराश पारे।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुपको जोडीले पृथ्वीमान गुरुङ र राजेन्द्र घिमिरेको जोडीलाई ६–१, ६–२ को सोझो सेटमा पन्छ्याउदै पहिलो स्थान हात पारे।

प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष/महिला सिंगल्स र ४५ वर्षमाथि पुरुष डबल्सको फाइनल हुने आयोजकले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell