PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बारामा प्रहरी र स्थानीय बासिन्दा बीच झडप, तीन राउन्ड हवाई फायर



राधेश्याम पटेल

बारामा प्रहरी र स्थानीय बासिन्दा बीच झडप, तीन राउन्ड हवाई फायर

वीरगञ्ज : बाराको कचोर्वा गाउँमा प्रहरी र स्थानीय वासिन्दा बीच झडप भएको छ। शुक्रवार दिउँसो भएको झडप नियन्त्रण लिन प्रहरीले तीन राउन्ड हवाई फायर समेत गरेको थियो।

झडपमा एक डिएसपी राजेन्द्रबाबु रेग्मी सहित दुई प्रहरी जवानसमेत घाइते भएका छन्। बाराको दक्षिणी पूर्वी कचोर्वा गाउँमा स्थानीय व्यापारी विश्वनाथ साह र पशुपति जैसवालको घरमा अवैध रुपमा भारतबाट तस्करी गरी ठूलो परिमाणमा कपडा राखिएको सूचना पाएर बारा प्रहरी छापा मार्न पुग्दा व्यापारीसहित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।

साह र जैसवालको घरबाट प्रहरीले करिब १० लाख मुख्य बराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए। प्रहरीले स्थानीय लक्ष्मी यादवलाई नियन्त्रणमा लिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell