PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्वाचन आयोगले गर्‍यो मोबाइल एप लञ्च, मतपरिणाम पनि राखिने



पहिलोपोस्ट

निर्वाचन आयोगले गर्‍यो मोबाइल एप लञ्च, मतपरिणाम पनि राखिने

काठमाडौं : निर्वाचन आयोगले मतपरिणाम समेत अपडेट गर्नेगरी मोबाइल एप सार्वजनिक गरेको छ। आयोगले निर्वाचनको ठीक १५ दिनअघि एप लञ्च गरेको हो। त्यस्तै आयोगले निर्वाचन सम्बन्धि सूचना र जानकारीका लागि कल सेन्टरको समेत स्थापना गरेको छ। 

के के छ  मोबाइल एपमा?

  • मोबाइल एपमा निर्वाचन सम्बन्धि कार्यतालिका राखिएको छ। त्यस्तै मतदाता विवरण तथा मतदान स्थल र केन्द्रको विवरण राखिएको आयोगले जनाएको छ। 
  • आयोगले उम्मेद्वारी दर्तापछि उम्मेद्वारहरुको विवरण समेत एपमा राख्ने जनाएको छ। 
  • त्यस्तै मतपरिणाम समेत एपबाट सार्वजनिक गर्ने उल्लेख गरेको छ। एपमा अन्य दश प्रकारका विवरण राखिने आयोगले जनाएको छ। नेपाली र अंग्रेजी दुवै भाषामा एपमा सूचना राखिने आयोगले जनाएको छ।  
एन्ड्रोइड मोबाइलमा एप डाउनलोड गर्न लिङ्क

स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए।

कल सेन्टरले पनि मतदाता र सरोकारवालाहरुका प्रश्न तथा जिज्ञासाको जवाफ दिने आयोगले जनाएको छ। १६६००१४४२२२ नम्बरबाट तत्काल सूचना दिने र नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क नलाग्ने आयोगले जनाएको छ। कल सेन्टर आउँदो असार ३ गतेसम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ। 

मोबाइल एप भने प्ले स्टोर र एप स्टोर दुवैमा उपलब्ध रहेको आयोगले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell