PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ला लिगा : सेभिया र विल्वाओ विजयी



पहिलोपोस्ट

ला लिगा : सेभिया र विल्वाओ विजयी

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा जित हात पार्दै सेभियाले तेस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ। 

सेभियाले घरेलु मैदानमा १० खेलाडीमा झरेको सेल्टाभिगोलाई २-१ ले पराजित गर्दै एथ्लेटिको समान ६८ अंक जोडेको हो। बराबर अंक जोडेपनि गोलअन्तरमा पछि परेको सेभिया चौथो स्थानमा यथावत छ। 

दुवै टिमले ३४ खेल खेलिसकेका छन् भने बार्सिलोना र रियल मड्रिड भन्दा १० अंकले पछि छन्। 

सेभियालाई ३ अंक दिलाउन विसम वेड येडरले विजयी गोल गरे। ४९औं मिनेटमा जाओक्विन करेअले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थए। ५३औं मिनेटमा सेल्टाका इगो असपासले बराबरी गोल फर्काए। 

तर ५६औं मिनेटमा पाब्लो हर्नाण्डेज दोहोरो पहेँलो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि सेल्टा १० खेलाडीमा झर्‌यो। त्यसैको फाइदा उठाउँदै येडरले ७९औं मिनेटमा निर्णायक गोल गरे।

अर्को खेलमा एथ्लेटिक विल्वाओ रियल बेटिसलाई २-१ ले नै पराजित गर्दै छैटौँ स्थानमा उक्लेको छ। विल्वाओलाई जित दिलाउन अरिट्ज अडुरिज र इकर मुनिएनले गोल गरे। बेटिसका लागि रुबेन कास्ट्रोले एक गोल फर्काए।

जितपछि विल्वाओले ३४ खेलबाट ५९ अंक जोड्दै पाँचौ स्थानको भियारियलसँगको अंक दूरी १ मा झारेको छ। समान खेलबाट ६० अंकका साथ भियारियल पाँचौमा छ। यस्तै ३४ खेलबाट ५८ अंक जोडेको रियल सोसिडाड सातौ स्थानमा छ। शीर्ष चारमा पर्नका लागि यी तीन क्लबले एथ्लेटिको मड्रिड र सेभियासँग कठिन प्रतिस्पर्धा गर्नुपर्ने छ।

यस्तै आइबर भने अलाभेजसँग गोलरहित बराबरीमा रोकिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell