PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु



रासस

ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौं : गएराति स्वयम्भू नजिक ठाडो भर्‌याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ। 

लु १ ख ९९९६ नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

प्रहरीका अनुसार दुबै सवारीसाधन चालकको नाम खुल्न सकेको छैन। स्कुटी चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

घटनामा संलग्न दुवै साधन महानगरीय प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell