PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'छक्का पञ्जा-२' को छायाँकन सुरु, ४० दिनमा सक्ने, असोज ११ मा हलमा

'छक्का पञ्जा-२' को छायाँकन सुरु, ४० दिनमा सक्ने, असोज ११ मा हलमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : दिपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्का पञ्जा २’ को छायाँकन सुरु भएको छ । भक्तपुरको सुर्यविनायक मन्दिरमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्मको शुभ मुर्हत गरेका हुन्। फिल्मको सुटिङ ४० दिनमा सक्ने गरि तालिका निर्माण गरिएको कार्यकारी निर्माता विकास राज आचार्यले जानकारी दिए ।

छायाँकनको पहिलो दिन नायक स्वरुपपुरुष ढकाल र नायिका स्वस्तिमा खड्काले टेक सुरु गरेका छन् । फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, बर्षा राउत, निश्चल बस्नेत, किरण केसी, स्वरुप लगायत कलाकारहरुको अभिनय रहनेछ। विकासराज र सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्ममा दिपकराजको पटकथा रहेको छ भने संवाद दिपकराज, केदार, जितु र अभिमन्यु निरवीले संयुक्त रुपमा तयार गरेका छन्। दिपक, दिपा र विकास सहित फिल्ममा माग्ने बुढा, जितु, निशान बजगाँइ र सुमन भान्जाले लगानीमा सहकार्य गरेका छन् । 

किरण कंडेलको संगीत रहने ‘छक्का पञ्जा २’ लाई दिर्घ गुरुङले खिच्दैछन् भने द्धन्द्ध रोशन श्रेष्ठको रहनेछ । असोज ११ गते प्रदर्शन मिति तोकिएको ‘छक्का पञ्जा २’ को टिजर भने बहुप्रतिक्षित बलिउड फिल्म ‘बाहुबली २’ सँग शुक्रबारबाटै हलमा रिलिज हुनेछ । गत साल प्रदर्शनमा आएको ‘छक्का पञ्जा’ ले १७ करोडको ग्रस कलेक्सन गरेको थियो।


 


ट्रेन्डिङ पोस्ट

Ncell