PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्थानीय तहको संख्या थप्ने कार्यदलको बैठकमा 'एमाले लचिलो'



रमेश वाग्ले

स्थानीय तहको संख्या थप्ने कार्यदलको बैठकमा 'एमाले लचिलो'

काठमाडौं : स्थानीय तहको संख्या थप्नेगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्रको विरोधमा स‌ंसद अवरुद्ध गर्दै आएको नेकपा एमालेका नेता आज उपप्रधानमन्त्री कमल थापा नेतृत्वको कार्यदल मिटिङमा भने सहभागी भए।

स्थानीय तह संख्या विस्तार र मापदण्ड निर्धारण गर्नका लागि बनेको कार्यदलको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलले सहभागिता जनायो।

सत्तारुढ दलबाट थापासँगै रक्षामन्त्री बालकृष्ण खाँड र कानुनमन्त्री अजय शंकर नायक सहभागी रहेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका तर्फबाट भानुभक्त ढकाल र अग्नि खरेल सहभागी रहे। राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनका नेता पनि पहिलो मिटिङमा उपस्थित रहे।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मण लाल कर्णले स्थानीय तहको संख्या थप्ने विषयमा प्रमुख प्रतिपक्षी दलको सहभागिताले सकारात्मक मोड लिएको प्रतिक्रिया दिए। स्थानीय तहको संख्या थप्ने विषयलाई नै लिएर दुई दिन संसद अवरुद्ध गरेको एमाले आजको बैठकमा सकारात्मक रुपमा प्रस्तुत भएको कर्णको भनाइ थियो। उनले भने, 'यो विषयमा एमाले सकारात्मक देखिएको छ। अब समस्या समाधानको दिशातिर जाने संकेत देखिन्छ।'

एमालेको चर्को विरोधका कारण ११ जिल्लामा स्थानीय विकास मन्त्रालयले जारी गरेको परिपत्र हिजोमात्रै सरकारले स्थगन गरेको थियो। 

भोलिसम्म प्राविधिक प्रतिवेदनको म्याद 
आज बसेको कार्यदलको बैठकले स्थानीय विकास सचिवको सचिवालयलाई स्थानीय तहको संख्या विस्तार र त्यसको मापदण्ड तयार गर्नका लागि भोलिसम्मका लागि समय दिएको छ। सचिवालयले भोलिसम्म प्राविधिक सुझाव दिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell