PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एमाले अध्यक्ष ओलीको आरोप : निर्वाचनको आवरणमै निर्वाचन भाड्दै सरकार



मनोज सत्याल

एमाले अध्यक्ष ओलीको आरोप : निर्वाचनको आवरणमै निर्वाचन भाड्दै सरकार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आसन्न निर्वाचन गर्न नै नचाहेको आरोप लगाएका छन्। आज नेकपा एमालेको पार्टी प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई 'धाँधलीवाज सरकार' भन्दै निर्वाचनको आवरणमा निर्वाचन नै नगराउन उद्धत रहेको दावी गरे।

अध्यक्ष ओलीले सरकारले नै निर्वाचन नचाहेको आरोपलाई पुष्टि गर्न आधारहरुसमेत पेश गरेका छन्। यस्ता छन् ती आधार :

१. निर्वाचनका लागि उम्मेदवार तोकिएपछि स्थानीय तहको संख्या थप गर्ने षड्यन्त्र भएको छ।

२. यतिखेरै संविधान संशोधनको विषय अघि बढाइएको छ।

३. निर्वाचनको आवरणमा पहाड र तराईलाई छुट्याउने षड्यन्त्र भएको छ।

४. सरकारी कामकाजको भाषामा अरु भाषा छिराउने प्रयास भएको छ।


यिनै आधारलाई कारण भएको उल्लेख गर्दै ओलीले निर्वाचन भाड्न सरकार लागि परेको बताए। 

ओलीले प्रमुख ५ दलको बैठकमा दोस्रो चरणमा जेठमा हुने भनिएको निर्वाचनको मितिमाथि आफूले प्रश्न उठाएको सन्दर्भ प्रस्तुत गर्दै भने, 'रमजानको समयमा कसरी चुनाव हुन्छ? ब्रतमा रहेका मानिसमा डिहाइड्रेस भएको हुन्छ त्यसले असर पार्छ भनेँ। मैले उठाएको विषयलाई शेरबहादुर देउवाले कांग्रेसले मानेन भनेर प्रचार गर्नुस् भने। यस्तो गैरजिम्मेबार कुराले चुनाव कसरी हुन्छ?'

'प्रहरी प्रशासनमा आतंक'
ओलीले नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल प्रकरणले नेपाल प्रहरीभित्र आतंक फैलिएको दावी गरे। 'नवराज सिलवाल प्रकाउ परेपछि मैले प्रधानमन्त्रीलाई फोन गरेर सोधेँ। उहाँले गिरफ्तारी होइन भन्नुभयो। यसले प्रहरीमा आतंक सिर्जना गरिएको ओलीको दावी थियो। उनले सरकारले सिलवाललाई फसाउन जबरजस्ती रुपमा फरेन्सिक रिपोर्टमा उनलाई दोषी ठहर्‍याउन दवाव दिइरहेको दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell