PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ला लिगा : बार्सिलोना र रियलको फराकिलो जित



पहिलोपोस्ट

ला लिगा : बार्सिलोना र रियलको फराकिलो जित

स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना र दोस्रो स्थानको रियल मड्रिडले फराकिलो जित हात पारेको छन्। 

गएराती भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७-१ तथा रियलले डेपोर्टिभा ला कुरानालाई ६-२ ले हरायो। 

घरेलु मैदानमा बार्सिलोनाका लागि लियोनल मेसी, आन्द्रे गोमेज, फ्रान्सिस्को अल्कासेरले २-२ गोल गरे भने ज्याभिएर मास्केरानोले एक गोल गरे। ओसासुनाका लागि रोबर्टो टोरेसले सान्त्वना गोल फर्काए। 

२ गोलपछि ला लिगामा सर्वाधिक गोलकर्ता होडमा अगाडी रहेको मेसीको गोल संख्या ३३ पुगेको छ। दोस्रो स्थानमा रहेका सहकर्मी लुइस सुवारेज(२४) भन्दा केसी ९ गोलले अगाडी छन् भने तेस्रो स्थानको क्रिस्टियानो रोनाल्डो (१९) १४ गोलले अगाडी छन्।

यस्तै क्रिस्टियानो रोनाल्डो, करिम बेन्जामा र बेल बिनै मैदान उत्रेको रियलका लागि जेम्स रोड्रिगेजले २ गोल गरे भने अल्भारो मोराटा, लुकास भजक्वेज, इस्को र कासेमिरोले १-१ गोल गरे। ला कुरानाका लागि फ्लोरेन एनडोन र जोसेलुले गोल गरे।

जितपछि बार्सिलोना र रियलको समान ७८ अंक भएको छ। गोल अन्तरमा बार्सिलोना शीर्ष स्थानमा कायमै छ। तर रियलले एक खेल कम खेलेको छ। लिगमा अब रियलले ५ खेल खेल्न बाँकी छ भने बार्सिलोनाको ४ खेल मात्र बाँकी छ। 

ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले भ्यालेन्सियालाई ३-२ तथा लेगानेसले लस पलमसलाई ३-० लेपराजित गर्‌यो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell