PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इरा र माहिका फाइनलमा, डिफेन्डिङ च्याम्पियन मायांका बाहिरिइन्



पहिलोपोस्ट

इरा र माहिका फाइनलमा, डिफेन्डिङ च्याम्पियन मायांका बाहिरिइन्
महिला सिंगल्स सेमिफाइनलमा साविक विजेता मायांका राणा विरुद्ध प्रतिस्पर्धा गर्दै इरा रावत

काठमाडौं : इरा रावत र माहिका राणा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको सेमिफाइनलमा इराले डिफेन्डिङ च्याम्पियन मायांका राणालाई ७–५, ६–० तथा माहिकाले प्रेरणf कोइरालालाई ६–३, ७–६ को सोझो सेटमा पराजित गरे।

पुरुष सिंगल्समा साविक विजेता संरक्षकभूषण वज्राचार्यले सन्तोष खत्रीलाई ६–४, ६–४ ले हराउँदै फाइनलमा पुगे। अर्को सेमिफाइनल बुधबारै खेलाइए पनि समय अभावका कारण खेल स्थगित भएपछि संरक्षकको प्रतिद्वन्द्वी टुंगो लाग्न सकेन। 

पूर्व विजेता जितेन्द्र परियार र प्रणव खनालबीचको अर्को सेमिफाइनल १–१ सेटको बराबरी अवस्थामा पुगेका बेला समय अभावका निर्णायक एवं तेश्रो सेट बिहीबार खेलाउने गरी स्थगित गरियो।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा सन्तोष खत्री र दावा शेर्पाको जोडीले प्रदीप खड्का र विकास खड्काको जोडीलाई ६–१, ६–१ तथा कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले श्यामकृण जिसी र अन्जन थिङको जोडीलाई ६–०, ६–० को सीधा सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरे।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा सञ्जय अमात्य र धर्मरत्न शाहीको जोडीले लोक गुरुङ र धरम लामिछानेको जोडीलाई ४–६, ६–३, १०–६ तथा राजु क्षेत्री र डेगेन्द्र श्रेष्ठको जोडीले प्रेम थापा र भुअरुण मल्लको जोडीलाई ६–१, ६–० को सोझो सेटमा पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरे।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपकमान श्रेष्ठले इन्द्रजित राईलाई ४–२, ४–१ को सेटमा निराश पार्दै ज्ञानेन्द्र ताम्राकारसंग फाइनल भेट पक्का गरे। सहजै फाइनल पुगेका ज्ञानेन्द्र फादर म्याथ्युबाट वाकओभर पाए।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा मनोज शाह र छेवाङ लामाको जोडीले आत्माराम कार्की र अनुज अरोराको जोडीलाई ७–५, ६–३ तथा कमल भण्डारी र महेश श्रेष्ठको जोडीले राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीलाई ६–१, ६–२ ले रहाउँदै फाइनलमा पुगे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell