PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जेठमा देउवा प्रधानमन्त्री हुने रक्षामन्त्रीको दाबी : 'गठबन्धन तीन तहको चुनावसम्म टिक्ने'



पहिलोपोस्ट

जेठमा देउवा प्रधानमन्त्री हुने रक्षामन्त्रीको दाबी : 'गठबन्धन तीन तहको चुनावसम्म टिक्ने'

काठमाडौं : रक्षामन्त्री बालकृष्ण खाँणले जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने र त्यही सरकारले बजेट ल्याउने बताएका छन्।

बुधबार रिपोटर्स् क्लवमा मन्त्री खाँणले त्यसरी बन्ने सरकार कांग्रेस-माओवादी गठबन्धनमै निर्णमा हुने दाबी गरे।
 
'कांग्रेस र माओवादी केन्द्र फरक पार्टी भएकाले दुई दलबीच केही द्वन्द्वहरु अवश्य छन्,' खाँणले भने, 'मतभेद र द्वन्द्व भए पनि तीनै तहको निर्वाचनसम्म दुई पार्टीको समीकरण रहिरहनेछ।'  

उनले देशमा शान्ति कायम गर्न, द्वन्द्व व्यवस्थापन र सबै दललाई समेटेर तीनै तहको निर्वाचन गर्नका लागि संविधान संशोधन विधेयक ल्याइएको बताए।
 
'म त चाहन्छु यो गठबन्धन लामो समयसम्म जाओस्, किनकी नेपालमा द्धन्द्ध व्यवस्थापन गर्न कांग्रेस र माओवादीले भूमिका निर्वाह गरेको हो,’ खाँडले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell