PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हिट्लरले गर्दा फिल्म प्रचारमा अवरोध, जान्नुस् कारण



पहिलोपोस्ट

हिट्लरले गर्दा फिल्म प्रचारमा अवरोध, जान्नुस् कारण

काठमाडौं: फिल्म 'हिटलर' युनिटले सामाजिक सञ्जालका लागि फिल्मको नाम परिवर्तन गर्ने भएका छन्। तानाशा मानिएका एडल्फ हिटलरको नाममा फिल्मको नाम राखिएकाले फेसबुक र युट्युबमा फिल्म प्रचारका लागि समस्या परेको हो।  फिल्म निर्देशक सौरभ ढकालका अनुसार हिटलरको नाममा पेज क्रियट नभएको हो। र युट्युबको भ्युअर्स काउन्टमा पनि समस्या सिर्जना भएको छ।

पहिलोपोस्टलाई जानकारी दिंदै भने,'सामाजिक सञ्जाल नै प्रचारको सबैभन्दा बलियो माध्यम भएको समयमा हामीलाई नामले दु:ख दिएको छ।'

फिल्म युनिटले फेसबुकमा 'हिटलिर' नामकफ पेज बनाउने निर्णय गरेको छ। तर चलचित्र बिकास बोर्ड र अन्य कानुनी कागजमा भने फिल्मको नाम हिटलर नै रहने बताइएको छ। ढकालले भने,'प्रचारमा त नाम परिवर्तनले समस्या नगर्ला तर सेन्सरले रोक्ला भन्ने डर छ।'

अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सोहित मानन्धर र सामिया बर्तौलाको मुख्य अभिनय रहेको छ। 'कथासँग इन्टरकनेक्ट भएको नामले गर्दा प्रचारमा समस्या होला भन्ने सोचेको थिएँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell