PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओलीले भने - चुनाव भाडिन्छ भन्ने नाममा देश टुक्र्याउने, हिन्दीलाई राष्ट्र भाषा बनाउने? 



पहिलोपोस्ट

ओलीले भने - चुनाव भाडिन्छ भन्ने नाममा देश टुक्र्याउने, हिन्दीलाई राष्ट्र भाषा बनाउने? 

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन भाडिन्छ भन्ने नाममा संविधान संशोधन मार्फत देश टुक्र्याउने र हिन्दीलाई राष्ट्र भाषा बनाउने खेल भैरहेको आरोप लगाएका छन्। 

मनमोहन अधिकारको स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा ओलीले एमालेलाई चुनाव चाहिएको उल्लेख गरे। 

'अहिले हामीलाई चुनाव चाहिएको छ। चुनाव की चुनाव हामी भनेका छौँ। चुनाव भाडिन्छ भन्ने नाउँमा देश टुक्र्याउने, हिन्दीलाई राष्ट्र भाषा बनाउने? (संशोधनमा) हिन्दीलाई राष्ट्र भाषा बनाउने भन्ने शब्द राखेको छैन। शब्द नराखि त्यहि कुरा राखेको छ', ओलीले भने। 

उनले संसदमा  टेबल भएको संविधान संशोधनमा तराई र पहाडलाई छुट्याउन खोजिएको टिप्पणी गरे। 

'तराई र पहाड छुट्याउन्ने योजनामा हामी छौँ भनेर लेखिएको छैन', उनले भने, 'संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि नेकपा एमाले प्रमुख प्रतिपक्षी दल लगायतका प्रतिपक्षी दल बाहेकको सर्व स्वीकार्यता भन्ने?' उनले एमाले बाहेकको स्वीकार्यता भनेर संविधान संशोधनमा अदृश्य ब्राकेटमा राखिएको दावी गरे। 

ओलीले जनमत संग्रहका बेला केटाकेटी रोए पनि चुनाव भाडिन्छ भनेको जस्तै अहिले पनि चुनाव भाडिन्छ भन्ने नाउँमा अनेक गतिविधि भएको आरोप लगाए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell