PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उज्बेकिस्तानमा हुने एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा २ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

उज्बेकिस्तानमा हुने एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा २ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : उज्वेकिस्तानमा आयोजना हुने एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। 

आगामी अप्रील ३० देखि मे ८ सम्म एसिया बक्सिङ कन्फेडेरेसनको आयोजनामा हुने प्रतियोगितामा नेपालबाट पुरुष ५६ केजीमा पुरन राई र ६४ केजी तौलमा दिपक श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन्।

सहभागि हुने नेपाली राष्ट्रिय बक्सिङ टोलीलाई सातदोबाटोस्थीत अन्तर्राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्यसचिव केशव कुमार विष्टले बिदाई गरे। उक्त टोली बिहिबार त्यसतर्फ प्रस्थान गर्नेछन्। 

नेपाली टिमको नेतृत्व नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गर्ने छन्। यस्तै टिम प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, संघको प्रतिनीधित्व गदै मानार्थ आजिवन अध्यक्ष विष्णु गोपाल श्रेष्ठ र ब्यवस्थापकमा संघका कोषाध्यक्ष गौतम सुजखु पनि उज्बेकिस्तानको तास्केन्ट जानेछन्।

उक्त च्याम्पियनसिप आगामी सेप्टेम्बरमा जर्मनीमा हुने एआइबीए वर्ल्ड बक्सिङ च्याम्पियनसिप २०१७ को क्वालिफाइङ खेल समेत हो। यस प्रतियोगितामार्फत एक तौलसमुहमा ६ खेलाडी छनोट हुनेछन्। 

दिपक भारतमा सम्पन्न १२औँ सागका कांस्य विजेता समेत हुन्। एक महिना अगाडी थाईल्यान्डमा भएको अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरेका दिपक पदकविहिन रहे। 

सोहि अवसरमा नेपाल बक्सिङ संघका सदस्य ओमनारयण श्रेष्ठले एकेडेमी निर्माणका लागि ५ लाख दिन घोषणा गरे। उनले खेलाडि प्रोत्सानका लागि प्रत्येक बाउट बिजेतालाई २५ हजार र छनोट भएको खण्डमा ५० हजार नगद दिने बताए। 

बिदाई कार्यक्रममा खेलाडि प्रोत्साहनका लागि मानार्थ आजिवन अध्यक्ष विष्णु गोपाल श्रेष्ठ र अध्यक्ष अवालेले प्रतियोगिताका दौरान खेलाडिले एक बाउट जितेमा ५० हजार र छनोट भएको खण्डमा १ लाख दिने घोषणा गरे। 

त्यस्तै संघका पुर्व महासचिव दिपक गुरुङले खेलाडिले ३ राउण्ड मात्र पुरा गरेको खण्डमा २० हजार नगद दिने बताए। उनले खेलाडिका लागि ट्याक सुट पनि उपलब्ध गराएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell