PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्थानीय तह निर्वाचनमा सेना 'ब्याक लाईन'मा मात्र खटिन्छ : रक्षामन्त्री



स्थानीय तह निर्वाचनमा सेना 'ब्याक लाईन'मा मात्र खटिन्छ : रक्षामन्त्री

काठमाडौ : रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा नेपाली सेना ब्याक लाईनमा मात्र खटिने बताएका छन्।

बुधबार रिपोर्टर्स क्लवले गरेको कार्यक्रममा जनताको हित र देशको सुरक्षामा सेनाप्रति सबैको विश्वास रहेकोले विगतमा भएको संविधानसभाको चुनावमा जस्तै यसपटक पनि सेना बाहिर निस्कने बताए।
 
'फ्रन्ट लाईनमा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र ब्याक लाईनमा मात्र नेपाली सेना रहनेबारे सैद्धान्तिक सहमति भैसकेको छ,' रक्षामन्त्री खाँणले भने, 'निर्वाचन दुई चरणमा हुने भएकोले अहिले सुरक्षाको 'थ्रेट' पनि अलि कम रहेको, आवश्यक परेन भने सेनाले निर्वाचनको ब्यारेकबाट नै अवलोकन पनि गर्न सक्छ।'

रक्षामन्त्री खाँणले ७ वटै प्रदेशमा पृतना राखिने र प्रदेशको आवश्यकत्ता अनुसार पृतनाको संख्या थप्ने सरकारी योजना पनि खुलासा गरे।

खाँडले भने, 'संघीय संरचना अनुसार नै ७ वटै संघीय प्रदेशमा सेनाको उपस्थिति हुन्छ, र त्यही अनुसार पृतनाको संख्या थप्ने तयारी भैरहेको छ।'
 
उनले आवश्यकत्ता अनुसार पृतनाको संख्या बढ्ने र त्यही अनुसार मन्त्रिपरिषद विभागीय मन्त्रीको हैसियतमा प्रस्ताव लैजाने र निर्णय हुने पनि बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell