PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

के हो त रजनिकान्तदेखि कट्रिनासम्मको लामो नाम? जसले फेरिदियो परिचय



के हो त रजनिकान्तदेखि कट्रिनासम्मको लामो नाम? जसले फेरिदियो परिचय

कला क्षेत्रलाई पहिचान चाहनेको क्षेत्र मानिन्छ। त्यसैले पनि दाम भन्दा पनि नाम कमाउने होडमा कलाकारिता अङ्गाल्ने धेरै देखिन्छन्। समाचार, अन्तर्वाता, टिभी, पर्दामा आफ्नो नाम साथै सयौं फ्यान फलोइङ पनि सायद यस्तै विषयहरुले कला क्षेत्रमा आकर्षित तुल्याउँछ।  सेलिब्रेटीको नाम नै चर्चामा रहने भएपनि केही चर्चित कलाकारले आफ्नो असली नामलाई कला क्षेत्रमा प्रयोग गरेनन्। उपनामको प्रयोगमा चर्चामा आएका धेरै बलिउड सेलिब्रेटी छन् जसको साँचो नामले निकै कमले उनीहरुलाई चिन्छन्।

हज्जारौं फ्यान फलोइङ भएका सलमान खान देश, विदेशमा सलमान वा सल्लुको नामले परिचित छन्। तर उनको साँचो नाम अब्बदुल रसिद सलिम सलमान खान हो। तर उनले बलिउडको सुरुवाती दिन देखि सो नाम बाहिर ल्याएनन्।

उनी भन्दा पाका कलाकार ज्याक्की सर्फले पनि आफ्नो नाम बलिउडका लागि परिवर्तन गरेका हुन्। उनको साँचो नाम जयकिसेन काकुभाइ सर्फ हो।

त्यस्तै अभिनेत्री प्रिती जिंताको पनि पुरा नाम लामो छ। उनी प्रिथम सिंह जिंता हुन्। तर बलिउडमा उनको छोटो नाम नै चर्चामा छ।

ऋतिक रोशन पनि ऋतिक नागराथ रोशन थिए। तर फ्यानहरु माँझ उनी आफ्नो छोटो नामले परिचित छन्।

बेलायतकी केट टुरकोट कैफले पनि बलिउडमा नाम छोट्ट्याइन् र सोही नामले उनलाई देश विदेशमा चिनायो। केटले जस्तै नाम छोट्ट्याएर पनि राम्रो पहिचान बनाए अभिनेता अक्षय कुमारले। राजिव हरी ओम भाटिया अक्षयको असली नाम हो।

रजनिकान्तले पनि उपनामबाटै चर्चा कमाए। उनको असली नाम शिवाजी राव गायकवाद हो। इन्कलाव श्रिवास्तवाबाट अमिताभ बच्चनले पनि नाम परिवर्तन गरे र सोही नामले उनलाई बलिउडमा राम्रो उचाई दियो।

युवा अभिनेता रणबिर सिंहको पनि बलिउड बाहिरको नाम जोभियल रणबिर भावनानी हो। साहिद कपूरले पनि आफ्नो नामबाट खत्तर थर हटाएका हुन्। साजिद अलि खान सैफ अलि खान बने। बिजय सिंह देवल बबी देवल र अजय सिंह देवल सन्नी देवल बने।

नाम परिवर्तन गरेका र नाम छोट्ट्याएका यि कलाकारहरु परिवर्तित नामले नै प्रख्यात भए। आफ्नो असली नामको माया नगरी नयाँ परिचय बनाउने होड थियो र नयाँ नामले नै स्थापित भए। साहित्यकार सेक्सपियरको भनाई 'नाममा केही छैन'लाई यि कलाकारको सफलताले पुस्टि गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell