PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हिन्दुवादी राप्रपाले गर्यो चर्च र मस्जिद संरक्षणको घोषणा



हिन्दुवादी राप्रपाले गर्यो चर्च र मस्जिद संरक्षणको घोषणा

काठमाडौं : हिन्दुधर्मको संरक्षण र प्रर्वदनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्य धर्मको संरक्षण गर्दै चर्च र मस्जितलाई समेत संरक्षण दिने घोषणा गरेको छ। 

सनातन हिन्दुधर्म सापेक्ष राष्ट्रको नारा लिएर राजनीति गरिरहेको राप्रपाले सबै धर्मको रक्षा गर्ने भन्दै चर्च र मस्जिद संरक्षणको कार्यक्रम सार्वजनिक गरेको हो।

स्थानीयतहको निर्वाचनको लागि बुधवार सार्वजनिक गरिएको घोषणा पत्रमा सबै धर्मको सम्मान गर्ने उल्लेख छ।  

तर उसले हिन्दु धर्मको विरोध गर्दै जवर्जस्ती धर्म परिवर्तन गर्नेलाई भने दण्ड दिन कडा कानुन ल्याएर भए पनि कारवाही गर्ने घोषणा गरेको छ।
 
राष्ट्रिय जनावर समेत रहेको गाइलाई आफ्नो चुनाव चिह्न समेत बनाएको राप्रपालले गौपालक किसानलाई सहुलियत ऋणको कार्यक्रम पनि घोषणापत्रमा ल्याएको छ। राप्रपाले जितेका गाउँपालिका र नगरपालिकामा गौहत्या गरे कानुन नै बनाएर सजाय दिने घोषणापत्रमा उल्लेख छ।
 
धर्मको नाममा हुने जातीय विभेद र यो वा उ जातको नाममा मन्दिर प्रवेशमा रोक लगाउने कुसंस्कृतिको हटाउने उल्लेख पनि उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell