PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

साम्राज्ञी राज्यलक्ष्मी र करिश्मा मानन्धरको एकै गीतमा 'ठूम्का'



पहिलोपोस्ट

साम्राज्ञी राज्यलक्ष्मी र करिश्मा मानन्धरको एकै गीतमा 'ठूम्का'

काठमाडौं: अभिनेत्री करिश्मा मानन्धर र नव अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले एउटै गीतमा कम्मर मर्काउने भएका छन्। फिल्म ‘तिमी सँग’को गीतमा यि दुई एक साथसँगै देखिने भएका हुन्। दुई अभिनेत्रीलाई साथ दिंदै छन् अभिनेता  नाजिर हुसेन र आकाश श्रेष्ठले।

फिल्मको फाइनल लाइन अपमा भने करिश्माको नाम थिएन। आफ्नो भूमिका बारे करिश्माले भनिन्,‘शिशिर जीको आग्रहमा फिल्ममा देखिंन लागेकी हुँ।'

मङ्गलबार र बुधबार करिश्माको पाटो सुटिङ हुनेछ। नयाँ शक्तिमार्फत राजनितिक कार्यमा व्यस्त भएपछि करिश्मा मानन्धर सुटिङदेखि टाढा थिइन्।

कलाकार शिशिर राणाको लेखन, निर्देशन र निर्माण रहेको फिल्म ‘तिमी सँग’मा करिश्मालाई एउटा गीतमा मात्रै देख्न पाइनेछ। लोक लयको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन र अनुपम श्रेष्ठले कम्मर मर्काउने छन् ।

बालाजुस्थित एनएफडिसीमा कोरियोग्राफर रामजी लामिछानेले गीतको नृत्य निर्देशन गर्दैछन्।

निर्देशक तथा निर्माता राणाले सुटिङ सकाएर चाँडै नै प्रदर्शन मिति घोषणा गर्ने जानकारी दिए। भने,‘अब केही सट मात्रै खिच्न बाँकी छ। सबै सुटिङ सकाएर फिल्मको एउटा गीत र प्रदर्शन मिति एकसाथ सार्वजनिक गर्नेछौं।’

फिल्ममा ७ वटा गीत समावेश छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell