PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ला लिगा : एथ्लेटिको मड्रिड घरमै भियारियलसँग पराजित



ला लिगा : एथ्लेटिको मड्रिड घरमै भियारियलसँग पराजित

स्पानिस ला लिगाको उपाधि होडमा रहेको एथ्लेटिको मड्रिड भियारियलसँग १-० ले पराजित भएको छ।

गएराती भएको खेलमा भियारियललाई ३ अंक दिलाउन रोबर्टो सोरियानोले ८२ औं मिनेटमा निर्णायक गोल गरे। 

हारपछि एथ्लेटिको उपाधि होडमा पछि परेको छ भने शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानकव रियल भन्दा ७ अंकले पछि छ। ३४ खेलबाट ६८ अं जोडेको एथ्लेटिको तेस्रो स्थानमा यथावत छ।

यता जितपछि ३४ खेलबाट ६० अंक जोडेको भियारियल पाँचौ स्थानमा यथावत छ। ३३ खेलबाट ६५ अंक जोडेको सेभिया चौथोमा छ। 

ला लिगाको अन्य खेलमा एथ्लेटिक विल्वाओले आइवरलाई १-० तथा मालागाले ग्रानाडलाई २-० ले हराएको छ। स्पानयोल र स्पोर्टिङ गिहोनले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell