PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संसद् दोस्रो दिन पनि अवरुद्धः मन्त्रीको जवाफ चित्त बुझेन भन्दै एमालेले गर्‌‍यो अवरोध



मनोज सत्याल

संसद् दोस्रो दिन पनि अवरुद्धः मन्त्रीको जवाफ चित्त बुझेन भन्दै एमालेले गर्‌‍यो अवरोध

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् बैठक अवरुद्ध पारेफो छ। स्थानीय तहको संख्या थप्नेगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्रको विरोधमा हिजो संसद् बैठक अवरोक गरेको एमालेले आज पनि बैठक अवरुद्ध पारेको हो।

हिजो दिउँसो दुई बजेका लागि बोलाइएको बैठक एमालेले मन्त्रीको जवाफ नआउँदासम्म चल्न नसक्ने भन्दै अवरोध गरेको थियो।

सभामुख ओनसरी घर्तीले संसद्को ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे पनि एमाले सांसदहरु उठेर विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

तर दलहरुबीच सहमति हुन नसकेपछि संसद् बैठक सूचना टाँसेर स्थगित भएको थियो।
 
आजको बैठक विहान ११ बजेका लागि डाकिए पनि प्रमुख दलको छलफलका कारण एक घण्टा ढिलो मात्र सुरु भयो। बैठकको सुरुवातमै सभामुखले उपप्रधान तथा संघीयमामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई बोल्न समय दिएकी थिइन्।
 
मन्त्री थापाले मधेसी मोर्चालाई आश्वस्त पारेर निर्वाचनमा सहभागि सुनिश्चित गर्ने र संविधान कार्यान्वय गर्ने मनसायका साथ सरकारले स्थानीय तहको संख्या थप्नेगरी मापदण्ड बनाएर परिपत्र गरेको बताए।
 
थापाले भने, 'निर्वाचनमा मधेसी मोर्चाको सहभागिता सुनिश्चितता गर्न स्थानीय तहको संख्या थप्न लागेको हो, यसमा कुनै शंका नगर्न सरकारका तर्फबाट म प्रमुख प्रतिपक्षलाई आग्रह गर्छु।'

स्थानीय तह निर्धारण आयोगले बुझाएको प्रतिवेदनमा पनि मधेसमा राजनीतिक परिस्थिति र आन्दोलनका कारण यथार्थ विवरण प्राप्त हुन नसकेको प्रतिवेदनमा उल्लेख गरेको भन्दै त्यही आधारमा नयाँ मापदण्ड बनाएर पठाउन भन्दै परिपत्र गरिएको र त्यहाँ राजनीतिक सहमति वा असहमति जे भए पनि संसदका प्रमुख दलको सहमतिमा मात्र त्यको कार्यान्वय हुने बताए।
 
'आयोगको प्रतिवेदनका आधारमा हामीले मापदण्ड पठाएका हौ त्यहाँ सहमति वा असहमति जे भए पनि ससद्मा रहेका दलहरुको सहमित मात्र टुंगोमा पर्यापउँछौ,' थापाले भने।

उनले अहिलेको आशय मधेसी दलहरुको स्थानीय तह निर्वाचनमा सहभागिता सुनिश्चित गर्न मात्र रहेको बताए।
 
थापाको स्पष्टीकरणम लगत्तै एमाले सांसद्हरुले जवाफ चित्तबुझ्दो नभएको भन्दै पुन: अवरोध गरे।  एमाले प्रमुख सचेतक भानुभक्त ढकालले निर्वाचनको मिति घोषणा र उम्मेद्वार समेत चयन भइसकेपछि सरकारले गलत नियतका साथ परिपत्र गरेको बताए।
 
'प्रमुख प्रतिपक्षीलाई गुमराहमा राखेर यो ल्याउनु गलत हो,' प्रमुख सचेतक ढकालले भने, 'आयोगको निर्णयलाई कसैले चुनौति दिन नक्ने अवस्थामा सरकारको कदम त्रुटिपूर्ण छ।'

उनले संबैधानिक रुपमा नै त्रुटिपूर्ण  रहेको कदल नसच्याउँदासम्म संसद् बैठक अघि बढ्न नसक्ने बताए।
 
व्यवस्थापिका संसद् कार्यसञ्चालन नियमावलीले प्रतिपक्षले उठाएका सवालमा सरकारका मन्त्रिले जवाफ दिएपछि जवाफ चित्त बुझेन भनेर त्यही दिन संसद् अवरोध गर्न नपाउने व्यवस्था गरेको छ।
 
एमालेको अवरोधपछि बैठक आजै तीन बजेसम्म स्थगित गरिएको छ। संसद बैठक अघि प्रमुख दलहरुबीच बैठक बसेपनि सहमति हुन नसकेपछि एमालेले बैठक अवरोध गरेको हो।
 
संसद् स्थगनपछि प्रधानमन्त्री संसद्बाट बाहिरिएका छन्। तर सत्तापक्ष छिटो संविधान संशोधन गरेर चुनावमा जाने तयारीमा रहेकाले आजै तीनबजेका लागि बैठक डाकिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell