PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

योजना सुरु भएको सत्र वर्षपछि पाल्पा रामपुरमा बिजुली, स्थानीयवासी हर्षित



पहिलोपोस्ट

योजना सुरु भएको सत्र वर्षपछि पाल्पा रामपुरमा बिजुली, स्थानीयवासी हर्षित

रामपुर : सत्र वर्षपछि रामपुर नगरपालिका वडा नं ४, ५ र ७ का सबै गाउँबस्ती र टोलमा बिजुली विद्युतीकरण गरिएको छ। 

नगरपालिकाको केन्द्र नजिकै रहेका वडा नं ४ को छत्तिवनडाँडा, भइनडाँडा र तल्लो गिजिनडाँडा वडा नं ५ को बहखोला, वडा नं ६ को बाहुनडाँडा, भन्ज्याङबारी, सर्पराज, मुढीखोप, गोलैचे, गैराबारी, विक्रम्दी, कुसुण्डेमा विद्युत् विस्तार गरी बत्ती बलेपछि गाउँवासी दङ्ग छन्। 

बहखोलाका ८५ वर्षीय शोकमान श्रेष्ठले गाउँमा बिजुली बल्छ भन्ने आशा कहिल्यै नगरेको बताउँदै बिजुलीको उज्यालोमा बस्न पाउँदा आफूलाई रमाइलो लागेको बताउछन्। 

बिजुली बत्ती बलेपछि यहाँका करिब दुई सय घरपरिवारका सदस्य प्रत्यक्ष लभान्वित भएका छन्। विद्युतीकरणका लागि नेपाल सरकारको केन्द्रीय बजेटअन्तर्गतको १९ लाख ८० हजार, रामपुर नगरपालिकाको आर्थिक वर्ष २०७२÷७३ को रु आठ लाख २५ हजार, उपभोक्ता घरधुरीबाट उठाइएको रु चार लाख ९५ हजार गरी जम्मा रु ३३ लाखको लागतमा योजना सम्पन्न भएको उपभोक्ता समितिका अधयक्ष दोवराज तिवारीले बताउ। 

विसं २०५७ असारमा साबिक रामपुर गाविसका बजार नजिकका केही वडाका गाउँ, टोलबस्तीमा बिजुली बले पनि लामो समयपछि साबिकको वडामा गाउँमा बत्ती बाल्न सफल भएको अध्यक्ष तिवारीले बताए। बुटवल पावर कम्पनीमार्फत विद्युतीकरण गरिएको हो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell