PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कांग्रेस घोषणापत्र : भूकम्प नगएका ठाउँमा घर बनाउनेलाई पनि ५० हजार अनुदान



पहिलोपोस्ट

कांग्रेस घोषणापत्र : भूकम्प नगएका ठाउँमा घर बनाउनेलाई पनि ५० हजार अनुदान

काठमाडौँ : नेपाली कांग्रेसले भूकम्प नगएका ग्रामिण क्षेत्रमा पनि भूकम्प प्रतिरोधी घर बनाउनेलाई पनि कम्तीमा ५० हजार रुपैँयाको प्रोत्साहन अनुदानको घोषणा गरेको छ।

कांग्रेसले मंगलबार सार्वजनिक गरेको घोषणात्रमा भूकम्प प्रतिरोधात्मक घर बनाउन प्रोत्साहनका लागि पचास हजार दिने उल्लेख गरिएको हो।

घोषणापत्रमा भनिएको छ – भूकम्प प्रभावित क्षेत्र वा भूकम्प नगएका ग्रामीण क्षेत्रमा भूकम्प प्रतिरोधात्मक घर बनाउन कम्तिमा ५० हजार रुपैँयाको प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ।'

कांग्रेसले नेपाल विपद्को उच्च जोखिम भएको देश भएकाले प्रत्येक स्थानीय तहमा एउटा विपद् कोष स्थापना गर्ने जनाएको छ।

२०७२ बैशाख १२ गते गएको भूकम्प पीडितहरुले घर निर्माणका लागि सरकारले दिने भनेको तीन लाख अझै प्राप्त गरेका छैनन्। पहिलो किस्ताको पचास हजार रकम भूकम्प गएको डेढ बर्ष पछि प्राप्त गरेपनि बाँकी रकम प्राप्त नुहँदा भूकम्प पीडित अस्थायी टहरामा बस्दै आएका छन्। पुर्ननिर्माण प्राधिकरणको अनुदानबाट अहिलेसम्म एउटा घर समेत बनेको छैन।

कांग्रेसले घोषणापत्रमा भूकम्प पीडितहरुको गुनासो स्थानीय सरकारले पुर्ननिर्माण प्राधिकरणका स्थानीय कार्यालयसँग प्रभावकारी समन्वय गर्ने र सम्बोधन गर्ने सुविधा दिने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell